ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो उपाधि जित्ने लक्ष्यमा नेपाल


abc news
५ श्रावण २०८२, सोमबार   ६ : ५९   बजे

काठमाडौँ, ५ साउन । साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र घरेलु टिम बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपाल लिग चरणमा बेहोरेको हारको जवाफ मैदानमै फर्काउन प्रतिबद्ध देखिन्छ। दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ। अपेक्षा अनुरूप उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच हुने अन्तिम खेलबाट हुने भएको छ।

चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ। त्यसैले यस प्रतियोगितामा फाइनलको प्रावधान छैन। दोहोरो लिगपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ। जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी भएको हो।

भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन्। नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यु–२० उपाधि जित्ने अभियानमा रहेको छ। अघोषित फाइनलमा रूपान्तरण भएको अन्तिम खेलमा घरेलु टिम बङ्गलादेश केही फाइदामा छ। बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन्।

त्यसैले घरेलु मैदानको फाइदा र समर्थकको ऊर्जामा खेल्ने बङ्गलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ। नेपाललाई भने जितले मात्र उपाधि दिलाउने छ। गोल अन्तर बङ्गलादेशको भन्दा राम्रो रहेकाले नेपाललाई बढी गोल गरेर खेल जित्नुपर्ने दबाब भने छैन। नेपाली युवा महिला फुटबल टिम सानदार लयमा पनि छ। यस प्रतियोगितामा नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलको फराकिलो अन्तरले हराएको थियो।

नेपाल घरेलु टिम बङ्गलादेशसँग अन्तिम सेकेन्डमा गोल बेहोरेर ३–२ ले स्तब्ध भएको थियो । त्यसैले पनि नेपालको मनोबल उच्च नै देखिन्छ । बङ्गलादेशले श्रीलङ्कालाई ९–१ तथा ५–० र भुटानलाई ४–१ तथा ३–० ले पराजित गरेको थियो । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले बङ्गलादेशसँगको लागि नेपाल तयार छ रहेको बताएका छन्।

बङ्गलादेशसँगको पहिलो खेलमा भएको गल्ती सच्चाउने र आक्रामक फुटबल खेल्ने, उनको भनाइ छ। यसै गरी नेपालकी कप्तान बिर्सना चौधरीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए। पछिल्लो खेलमा भाग्यले साथ दिएन तर हामी जुन लयमा छौँ त्यसरी नै खेले हामी जित्छौँ। ‘फुटबल टिमवर्क हो।

एकजुट भएर खेल्यौँ भने जित्छौँ। हाम्रो फरवार्ड राम्रो छ तर डिफेन्समा अलि सुधार गर्नु पर्छ। हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो, बिर्सनाले भनिन्। ​

बिर्सनाले भने जस्तै नेपालकी दुई स्ट्राइकर पूर्णिमा राई र मीना देउवा सानदार गोलको लयमा छन्। पूर्णिमाले १० गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। मीना सात गोलसहित दोस्रो स्थानमा छन्। यी दुवैले दुई÷दुई ह्याट्रिक गरिसकेकी छन्।

यसै गरी स्थानापन्न खेलाडीका रूपमा प्रयोग हुने कुसम खतिवडा तथा समीक्षा मगरले तीन÷तीन तथा सेनु परियार, सरिता कुमारीले दुईरदुई गोल गरेका छन्।

अनिशा राई र बिर्सनाको नाम पनि गोलकर्ताको सूचीमा छ। बङ्गलादेशी खेलाडी पनि लयमा छन्। बङ्गलादेशकी सागोरिका, शान्ति मार्डी र तृष्णारानीले सर्वाधिक चार÷चार गोल गरेकाी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu