ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली सङ्घ र अमेरिकाबीच व्यापार वार्ताका लागि नयाँ समाधान खोज्ने प्रयास


abc news
८ श्रावण २०८२, बिहिबार   १२ : ०२   बजे

काठमाडौ ८ साउन । युरोपेली सङ्घ ९ईयू० र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू भएको छ । हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको नयाँ चरण शुरु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसलाई युरोपेली सङ्घ र अमेरिकाबीच व्यापार वार्ता समाधानको प्रयासका रुपमा लिइएको छ । यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली सङ्घका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको सङ्केत यसअघि नै गरिसक्नु भएको छ ।

यस्तो अवस्थामा युरोपेली संघले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी भइरहेको खबरमा उल्लेख छ ।

युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले आफूहरुको प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नुरहेको बताउनु भएको छ ।

त्यसैअनुसार अहिले प्राविधिक र राजनीतिक दुवै तहमा निरन्तर संवाद भइरहेको छ । अब हुने टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामहरूको बारेमा जानकारी दिने योजना बनाएको छ ।

अहिले सम्म युरोपेली सङ्घले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ । पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो अर्थात ८४ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् ।

दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल इस्पात र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रिया स्वरूप बनाइएको हो । जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् ।

अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ । जुन आवश्यक परे अगस्ट ७ देखि लागू गर्न सकिने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group