ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता


abc news
९ श्रावण २०८२, शुक्रबार   ११ : १८   बजे

काठमाडौ ९ साउन । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता ९एफटीए० सम्पन्न भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी अहिले बेलायतको भ्रमणमा हुनुहुन्छ । उहाँको यो प्रधानमन्त्रीको रूपमा बेलायतको चौथो भ्रमण हो ।

प्रधानमन्त्री मोदीले यो सम्झौतालाई ‘साझा समृद्धिको योजना’ बताउँदै भारतीय वस्त्र, जुत्ता, गहना, समुद्री खाना, इञ्जिनियरिङ्ग र प्रशोधित कृषि वस्तुहरू बेलायती बजारमा अब अझ सजिलै पुग्ने बताउनुभयो । उहाँका अनुसार, यसले भारतका किसान, माछा पालन व्यवसायी तथा साना उद्योगहरूलाई विशेष लाभ दिनेछ ।

बेलायतबाट भारतमा आउने वस्तुहरूमध्ये ह्विस्की, चकलेट, बिस्कुट, मासु, कार, एअरोस्पेस उपकरण, मेडिकल डिभाइसहरूमा अब कर घट्नेछ, त्यसले ती सामान भारतीय बजारमा सस्ता हुने अपेक्षा गरिएको छ ।

बेलायती सरकारले यो सम्झौताबाट आफ्ना अर्थतन्त्रमा वार्षिक ४ दशमलव ८ अर्ब पाउन्डको योगदान हुने बताएको छ ।

भारतले सन् २०३० सम्म १ ट्रिलियन डलर बराबरको निर्यात गर्ने लक्ष्य राखेको सन्दर्भमा बेलायतलाई शीर्ष प्राथमिकतामा राखेको छ ।

यो बेलायतको ब्रेक्जिटपछि कुनै पनि देशसँग भएको सबैभन्दा ठूलो व्यापारिक सम्झौता हो । यद्यपि बेलायतमा केही विपक्षी नेताहरूले भारतीय श्रमिकलाई राष्ट्रिय बीमा अंशदानमा दिइएको छुटका कारण बेलायती कामदारहरू प्रभावित हुने चेतावनी दिएका छन् । तर व्यापार मन्त्रालयले यो चिन्ता खारेज गरेको खबरमा उल्लेख छ ।

सम्झौताको कार्यान्वयनसँगै भारत–बेलायतबीचको व्यापार थप तीव्र हुने विश्वास गरिएको छ, यो दुवै देशको आर्थिक हितका लागि ऐतिहासिक अवसर बन्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu