ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा गम्भीर भोकमरी चुलिँदै गएको राष्ट्रसङ्घको चेतावनी


abc news
१० श्रावण २०८२, शनिबार   ३ : १०   बजे

काठमाडौ १० साउन । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी दिँदै त्यहाँका एक तिहाइ जनसङ्ख्या धेरै दिनदेखि भोकै रहेको जनाएको छ ।

डब्ल्यूएफपीले निकालेको विज्ञप्तिमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको र करिब ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको उल्लेख छ ।

एजेन्सीहरूका अनुसार गाजामा यो हप्ता भोकमरीको अवस्था अझै भयावह हुने अनुमान गरिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्र कुपोषणका कारण थप ९ जनाको ज्यान गएको छ ।

इजरायलसँगको युद्ध शुरू भएयता कुपोषणका कारण ज्यान जानेको सङ्ख्या १ सय २२ पुगेको छ ।

इजरायलले गाजामा जाने सबै वस्तुहरूको नियन्त्रण आफ्नो हातमा राखे पनि मानवीय सहायता आपूर्ति रोकेको अस्वीकार गरेको छ । उसले गाजाको सङ्कटको जिम्मेवारी हमासमाथि थोपरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि अहिलेसम्म गाजामा करिब ६० हजार मानिसले ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu