ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा शान्तिपूर्णरुपमा मतदान सुरु


admin
१४ असार २०७४, बुधबार   ८ : ४५   बजे

 

धनगढी, १४ असार । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँच देखि बढीमा छजना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताउनुभयो । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नपा, भजनी नपा, गौरीगङ्गा नपा, गोदावरी नपा, घोडाघोडी नपा, कैलारी गाउँपालिका, बर्दगोरिया गापा, चुरे गापा, मोहन्याल गापा, जानकीनगर गापा, र जोशीपुर गापासमेत १३ स्थानीय तह रहेका छन् ।

उक्त सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चारलाख तीनहजार २८० मतदाता रहेकामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् ।

निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu