ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समितिको निर्देशनले रोकियो बेरुजु फर्स्याेट


abc news
१२ श्रावण २०८२, सोमबार   ५ : २५   बजे

काठमाडौ १२ साउन । महालेखा परीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबीच समन्वय हुन नसक्दा केन्द्रीय सरकारको बेरुजु फर्स्योट रोकिएको छ ।

महालेखा परीक्षककको कार्यालयले गर्दै आएको बेरुजु फर्स्योटमा लेखा समितिले हस्तक्षेप गरेपछि सरकारको बेरुजु फर्स्योट रोकिएको हो ।

लेखा समितिले महालेखालाई फर्र्छ्योट गर्न नपाउने भन्दै निर्देशन दिएको थियो । साथै, समितिले लेखा परीक्षण ऐन संशोधन मार्फत फर्स्योटको अधिकार राखे पनि रोकिएको थियो ।

उक्त सन्दर्भमा तत्कालीन महालेखा परीक्षक टंकमणि शर्मा दंगालले पनि यो विषयलाई बारम्बार उठाउने गरेका थिए । तर, त्यसको सुनुवाइ हुन सकेको थिएन ।

तर, सोमबार अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश घिमिरेले लेखा समितिको निर्देशनका कारण बेरुजु फर्स्योट गति सुस्त भएको बताएका छन् ।

लेखा समितिमा सोमबार सचिवहरूसँगको छलफलमा उनले समितिकै कारण फर्स्योट रोकिएको बताए । सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको रहेको बताउँदै उनले गत वर्षसम्म १ खर्ब १२ अर्बको स्थिति रहेकोमा महालेखाको पछिल्लो प्रतिवेदनपछि १ खर्ब ४५ अर्ब पुगेको जानकारी दिए ।

सचिव घिमिरेले महालेखाले गर्ने लेखा परीक्षणको चक्र नमिलेको र लेखा समितिमा भएका छलफल पनि प्रभावकारी हुन नसकेको बताए । उनले बेरुजु फर्स्योटमा कर्मचारीको क्षमता विस्तार गर्न जरुरी रहेको बताए । बेरुजु बढ्दा रोक्ने ‘मेकानिज्म’ भए पनि ‘सिस्टम’ बनाउन जरुरी रहेको उनको भनाइ छ ।

घिमिरेका अनुसार सचिवहरूको बैठकमा बेरुजु फर्स्योटबारे छलफल हुने गरेको छ । कार्यसम्पादन सम्झौतामा बेरुजु फर्स्योट मापदण्डमा राख्ने गरिएको छ ।

‘राजस्व असुली गर्नुपर्ने तर अदालतका कारणले पनि असुल हुन नसकेको स्थिति छ । सार्वजनिक संस्थानमा भएको लगानी र सेयर लगत नमिल्दा बेरुजु देखाइएको छ,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले तत्कालीन जिल्ला विकास समितिका नाममा रहेको पुरानो बेरुजुका कारण अहिले धेरै देखिएको बताए । उनले १८ अर्ब बेरुजु रहेको बताए ।

पन्थका अनुसार बेरुजु फर्र्छ्योटका लागि कार्ययोजना बनाउने काम भएको छ । ७० जिल्लामा जिल्ला समन्वय समितिका कार्यालय भएकाले फर्स्योट बढ्ने देखिन्छ ।

‘समितिहरूका नाममा ८ प्रतिशत बेरुजु छ । पछिल्लो ५७ लाख बेरुजु फर्स्योट गरिएको छ । पुरानो बेरुजुका कारण धेरै बेरुजु देखिएको छ,’ उनले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले मन्त्रालयको अंक शीर्ष स्थानमा रहेको बताउँदै ३४ अर्ब बढी बेरुजु विश्वविद्यालयहरूको रहेको बताए । ती विश्विद्यालयको फर्स्योट गर्न गाह्रो रहेको उनको भनाइ छ ।

‘शिक्षा मन्त्रालय अन्तर्गतका निकायमा जिल्ला शिक्षा कार्यालयहरूको नाममा विद्यालय निर्माणका बेरुजु ३ अर्ब बढी छ । संघीयतापछि शिक्षा मन्त्रालयको बेरुजु घटेको छ,’ उनले भने ।

प्रक्रिया निकै झन्झटिलो भएकाले कानुनमै परिवर्तन गर्नुपर्नेमा सरकारी कर्मचारीले जोड दिएका छन् । सोमबार संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित विभिन्न मन्त्रालयका सचिवहरूले सरकारी कामकारबाही नतिजाउन्मुख भन्दा प्रक्रियाउन्मुख रहेको गुनासो गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले राम्रो नतिजा ल्याउन सरकारी प्रक्रिया बाधक रहेको बताए ।

उनले एउटै व्यक्ति मन्त्री हुँदा एउटा निर्देशन दिने र संसदीय समितिमा आएपछि अर्कै कुरा गर्ने प्रवृत्तिले समेत समस्या उत्पन्न गरेको बताए ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु औंल्याइदिने तर त्यसलाई फर्र्छ्योट गर्न सहजीकरण नगर्ने प्रवृत्ति रहेको उनको भनाइ थियो ।

‘राम्रो नतिजा रिजल्ट ल्याउन प्रक्रिया पूरा गर्न सकिँदैन । प्रक्रिया पूरा गर्दा रिजल्ट आउँदैन । प्रक्रिया ठूलो कि रिजल्ट रु,’ उनले प्रश्न गरे ।

सचिव पुष्करले बेरुजुलाई विभिन्न श्रेणीमा राख्नुपर्ने, बेरुजु राख्ने अवधि निर्क्योल ल गर्नुपर्ने र बेरुजु राख्ने व्यक्ति जुनसुकै निकाय वा तहमा पुगे पनि उसलाई ‘कन्ट्रोल’ गर्ने संयन्त्र राज्यले बनाउनुपर्ने सुझाव पनि दिए ।

उनले श्रम मन्त्रालयको ९० प्रतिशतभन्दा बढी बेरुजु फर्र्छ्योट भएको र समग्रमा मन्त्रालय अन्तर्गत ४४।६३ प्रतिशत बेरुजु रहेको उल्लेख गरे ।

त्यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रालयको बेरुजु ८ अर्ब ९८ करोड रहेकोमा ४० प्रतिशत सम्परीक्षण गरिएको बताए । उनले अबको ६ महिनामा ४० प्रतिशत थप सम्परीक्षण गरिसक्ने लक्ष्य राखिएको बताए ।

बेरुजु फर्र्छ्योटलाई कार्यसम्पादनसँग जोडेर अघि बढिएको र आगामी दिनमा बेरुजु फर्स्योट भएर जाने उनको विश्वास छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चार मन्त्रालयको १७ अर्ब बेरुजु रहेको बताइन् । उनले असुल उपर गर्नुपर्ने १२ अर्बमध्ये खारेज भएका तीन वटा निकायका नाममा ११ अर्ब रहेको बताइन् ।

‘खारेज भएका संस्थाका नाममा रहेको बेरुजु उठाउन सक्ने अवस्था कठिन छ । केही इन्टरनेट प्रदायक कम्पनीले बक्यौता नतिरेको जसकारण बेरुजु देखियो,’ उनले भनिन् ।

सचिव अर्यालका अनुसार बेरुजुबारे प्रत्येक महिना सबै निकायका प्रमुखसँग छलफल गर्ने गरिएको छ । छुट्टै कर्मचारी नियुक्त गरेर बेरुजु हेर्ने कर्मचारी राखिएको छ । कार्यसम्पादन मूल्यांकन गर्दा बेरुजु फर्स्योटलाई जोड्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group