ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशसभा विघटन जस्तो घातक सुझाव कहिल्यै दिँदैनौं – नेकपा एमाले


abc news
१२ श्रावण २०८२, सोमबार   ५ : ३२   बजे

काठमाडौ १२ साउन । मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि एमालेले आपत्ति जनाएको हो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले बताए ।

ञएमाले संधै राजनीतिक स्थायित्व र सुशासनका लागि संघर्षरत पार्टी हो । हाम्रो दल सोही उदेश्यका लागि नेपाली कांग्रेससँग मिलेर वर्तमान संयुक्त सरकारमा सामेल भएको हो । तसर्थ त्यस प्रकारको गलत र प्रतिगामी सुझाव नेकपा ९एमाले० ले नदिएको व्यहोरा जनसमक्ष जानकारी गराउँदै उक्त कपोलकल्पित र भ्रामक सन्देशको कडा प्रतिवादको साथ खण्डन गर्दछौं ।झ पौडेलले भने ।

उनले नेपाली कांग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए। ‘कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने हाम्रो सरोकारको विषय होइन । नेपाली कांग्रेसबाट जो मुख्यमन्त्री हुन्छ हामी तोकिएको समयसम्म सहयोग र समर्थन गर्छौं,झ उनले भने, ञतर एमालेले प्रदेशसभा विघटन गर्ने घातक सुझाव कहिल्यै दिन सक्दैन र दिँदैनौं पनि।’

बागमतीका मुख्यमन्त्री बहादुरसिंह आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । काठमाडौंबाट आज सोमबार हेटौंडा आएका लामा छलफलमा जुटेका छन ।

कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेको जनाइएको छ ।

कांग्रेस संसदीय दलको १ बजेका लागि बोलाइएको बैठक साढे ४ बजेसम्म बस्न सकेको छैन । कांग्रेसका ३७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu