ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ खर्ब ६९ अर्ब पुग्यो सरकारको ऋण


abc news
१२ श्रावण २०८२, सोमबार   ५ : ३९   बजे

काठमाडौ १२ साउन । नेपाल सरकारले तिर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८०र८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण थियो।

गत आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रूपैयाँ ऋणको दायित्व बढेर २६ खर्ब ६९ अर्ब बढी पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

गत वर्ष थपिएको दायित्वमध्ये वास्तविक रूपमा एक खर्ब ५२ अर्ब रूपैयाँ ऋण थपिएको हो। अर्थात् गत वर्ष उठाइएको ऋणको तुलनामा तिरिएको ऋण घटाउँदा एक खर्ब ५१ अर्ब रूपैयाँ बढेको हो। तर, ऋण लिएको विदेशी मुद्राको अधिक मूल्य भएको कारण ६६ अर्ब ९३ करोड रूपैयाँ नेपाललाई थप दायित्व थपिएको छ।

गत वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। यथार्थमा भने ४ खर्ब ५६ अर्ब रूपैयाँ ऋण उठाइएको छ। जसमध्ये आन्तरिक ऋण ३ खर्ब ३० अर्ब उठाउने लक्ष्य राखिएकोमा लक्ष्य बराबरकै उठाइएको छ।

बाह्य ऋण भने लक्ष्यको ५७ प्रतिशत मात्रै उठाइएको छ। गत वर्ष दुई खर्ब १७ अर्ब उठाउने लक्ष्य राखिएको थियो। तर एक खर्ब ५२ अर्ब रूपैयाँ यस्तो ऋण उठाइएको छ।

गत वर्ष २ खर्ब ९२ अर्ब रूपैयाँ बराबरको सावा फिर्ता भएको छ। यसमध्ये ४८ अर्ब ५६ करोड वैदेशिक ऋण र आन्तरिक ऋणको २ खर्ब ४३ अर्ब ९१ करोड रूपैयाँ सावा फिर्ता भएको हो।

हाल सरकारले तिर्नुपर्ने ऋणमध्ये आन्तरिक ऋणको दायित्व १२ खर्ब ६३ अर्ब रूपैयाँ छ। त्यस्तै बाह्य ऋणको दायित्व १४ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu