ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरू संगठन र विचारले होइन, व्यक्तिको ‘ईगो’ र सत्तामा पुगेर शक्ति परिचालन गर्ने भोकले चल्न थाले (भिडियो)


कविराज विसी
१३ श्रावण २०८२, मंगलबार   १२ : ५८   बजे

काठमाडौं, १३ साउन । नेपालका राजनीतिक दलहरू आजभोलि कुन दिशामा गइरहेका छन् भन्ने प्रश्न आम नागरिकको मनमा उठ्नु स्वाभाविक भइसक्यो ।संसददेखि सडकसम्म, सिंहदरबारदेखि पार्टी कार्यालयसम्म र नेतादेखि कार्यकर्तासम्म–कहीँ पनि स्पष्टता छैन । यति धेरै विभाजन, गुटबन्दी, स्वार्थ, र टकराव देख्दा लाग्छ, दलहरू आफ्नो मूल उद्देश्य बिर्सिएर सत्ता र शक्तिको जालोमा अल्मलिएका छन् । आजको राजनीतिक अवस्था नियाल्ने हो भने देखिन्छ– दलहरू अब संगठन र विचारले होइन, व्यक्तिको ‘ईगो’ र सत्तामा पुगेर शक्ति परिचालन गर्ने भोकले चल्न थालेका छन् । कुन नेताले कुन पार्टीका कसलाई सघाउने भन्ने अनौपचारिक गठबन्धनहरू बनिरहेका छज–तर देश र जनताको समस्यामा दल र नेताको ध्यान शून्य देखिन्छ ।

‘ आम नागरिकको नजरमा अहिलेसम्म नेपालका राजनीतिक दलहरूले सिद्धान्तमा बाहेक व्यावहारिक अभ्यासद्वारा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । कम्युनिस्ट पार्टीको कुरा छाडौँ, जन्मजात लोकतन्त्रवादी दल नेपाली काँग्रेसले पनि आफ्नो आन्तरिक जीवनलाई पूर्ण प्रजातान्त्रिक बनाउन सकेको देखिँदैन । जथाभावी बोल्न पाउनु मात्र आन्तरिक लोकतन्त्र होइन । सच्चा लोकतन्त्रमा बरु मनपरी बोल्न पाइँदैन । जब दलका गतिविधिमा पूर्ण लोकतन्त्र देखिँदैन, नागरिक मूल्याङ्कन फरक भइहाल्छ । फेरि लोकतन्त्र व्यवहारले सिद्ध गर्नुपर्ने राजनीतिक प्रणाली हो । बोलेर मात्र पुग्दैन, यस प्रणालीलाई काम गरेर सिद्ध गर्नुपर्छ । कम्युनिस्ट पार्टीको त फरक कुरा भइहाल्छ । त्यसैले नेपालका राजनीतिक दलहरूले आफूलाई पूरै सुधारनुपर्ने देखिन्छ ।


सिद्धान्त र विचारमा अडिक राजनीति नेपालमा नहुँदा यस्तो समस्या सिर्जना हुने गरेको छ । सबैजसो दलका नेताहरु आफू केन्द्रीत छन् । आफूलाई केन्द्रमा राखेर आफ्नो अहम, स्वार्थ र आसेपासेलाई मात्र केन्द्रमा राखेर अघि बढेका छन् । साँच्चै जनता, समुदायलाई केन्द्रमा राखेको भए यति पार्टी भित्रै यति धेरै गृुट उप गुट बन्ने थिएन होला ? व्यक्तिवादी सोच हाबी भएको कारण नै दलमा यस्ताघात अन्र्तघात भईरहेको छ ।


नेपालका राजनीतिक दलको जन्म हुँदा नै ‘टुटफुट’ को ‘जीन’ लिएर पो जन्मन्छन् कि भन्ने शंका उत्पन्न हुन थालेको छ । हुन पनि नेपालमा दल विभाजनको लामो श्रृङ्खलालाई केलाउने हो भने यस्तै देखिन्छ । नेपालका कम्युनिस्ट पार्टी मात्र नभएर नेपाली कांग्रेस, पञ्च पृष्ठभूमिको पार्टी राप्रपा, जातीय र क्षेत्रीय नाराबाट उठेका मधेसवादी र अन्य वैकल्पिक शक्ति भन्दै आएका साना दलले पटकपटक टुटफुट र जुटको तीतो इतिहास बनाइसकेका छन् । पहिलोपटक २००६ सालमा भारतको कलकत्तास्थित श्यामबजारमा औपचारिक रुपमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी ७० वर्षे इतिहासमा दर्जनौंपटक टुटफुट र जुट भइसके । फुटेर नयाँ पार्टी बनेका पार्टी नफस्टाएको, नधानिएको बरु मूलधारमै फर्केको वा अन्य पार्टीसँग विलय भएको विभिन्न नयाँ पार्टीका उदाहरणबाट प्रष्ट हुन्छ ।

अहिले दलहरु देश र जनताका लागिभन्दा पनि शक्ति, पद र प्रतिष्ठाका लागि रस्साकस्सी गरिरहेका छन् । शक्ति प्रदर्शन गर्ने र पदमा को पूगनेमा अल्झिएर राष्ट्रिय हितको मुद्दा ओझेल परेको छ । दलहरु आ–आफ्नो दलीय शक्ति बलियो बनाउन कसरत गरिरहेका छन् । महाधिवेशनलाई आधार बनाएर जनतालाई आफूतिर तान्ने र संगठित गर्ने अभियानमा सबै दलहर देखिन्छन् । मुलुकको संविधानले नै दल खोल्न पाउने अधिकारलाई स्वतन्त्र छाडिदिएका कारण दलहरु च्याउसरी हुनु स्वाभाविकै हो । सिङ्गो मुलुकको सामाजिक, आर्थिक स्थितिमा सुधार गर्नु अहिलेको आवश्यकता हो । मुलुकको नेतृत्व राजनीतिबाट हुने भएकाले यस विषयमा दलहरुले गम्भीर चासो दिनु जरुरी छ । दलहरु दलगत स्वार्थमा अलिझनुको साटो राष्ट्रिय स्वार्थमा केन्द्रित बन्नुपर्छ । राजनीतिक दलहरुले जनतालाई व्यापक सपना बाँडेर चुनाव जितेर सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि कार्यान्वयनमा शून्य पहल देखिएको छ । नेतृत्वको नियत र नीति नै दललाई जीवन्त बनाउने र राष्ट्रको र राजनीतिक हितका लागि प्रयोग गर्ने हुनुपर्ने हो । त्यसका विपरीत नितान्त आफ्नो, परिवारको, गुटको र बढीमा दलको फाइदामा केन्द्रित गर्ने उद्देश्यले प्रश्रय पाउँदा देशको दुर्दशा निश्चितप्रायः हुन्छ । त्यसैले अबको विषय भनेको जनजागरणमार्फत धमिलिएको राजनीति सङ्ल्याउनु नै हो तर ठुला, पुराना भनिने दलबाट केहि हुन सकेन भन्दै नयाँ पार्टीको समेत हालत उहि पुरानोको भन्दा कम छैन ।

अहिले नागरिकहरू दलका गतिविधिसँग पटक्कै सन्तुष्ट छैनन् । यसको पर्याप्त सूचना दलहरूलाई छ, तथापि सुध्रने बाटोमा नहिँड्ने प्रवृत्ति खतरनाक छ । दललाई पार्टीका मुख्य नेताले आफ्नो निजी सम्पत्ति ठान्ने प्रवृत्ति व्याप्त छ । दलका अधिवेशनहरू समयमा हुँदैनन । भ्रातृ वा वर्गीय सङ्गठनहरू आफ्नो उद्देश्य छाडेर अन्तै बरालिएको पाइन्छ । आफ्नो मुख्य काममा कुनै चासो देखिँदैन । दण्ड र पुरस्कारको व्यवस्था छैन ।

मिहिनेत गर्ने र केही पनि काम नगर्नेका बीच कुनै भेद छैन । अझ केही काम नगर्ने व्यक्ति नेता रिझाएर अघि बढेको देखिन्छ । सरकारमा गएको बेला प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्ने व्यक्ति दण्डित भएको वा निरुत्साहित भएको पाइँदैन । जनप्रतिनिधिले आफूलाई सदैव मतदाताका बीचमा राख्नुपर्नेमा निहित स्वार्थमा डुबेको देखिन्छ । यस्तो हुँदा पनि दलले सचेत गराएको पाइँदैन । र त्यस्तै व्यक्तिले बारम्बार अवसर पाउने गरेका छन् । यी सबै घटनाहरूलाई नागरिकले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको हुन्छ । त्यति मात्र होइन दलका नेताहरू देश र नागरिकप्रतिको दायित्व बिर्सिएर आफ्नो पद र प्रतिष्ठाका लागि खुलेआम कलहमा उत्रनुले दलको प्रतिष्ठा बढाउँदैन । यस्ता दलहरूप्रति नागरिकको मनमा श्रद्धा बाँकी रहँदैन । त्यसैले नेपालका ठूला र नवोदित दल समेतले आफ्नो कार्यशैलीमा आमुल सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group