ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहलगाम आक्रमणमा संलग्न तीन जनालाई मारेको भारतको दाबी


abc news
१३ श्रावण २०८२, मंगलबार   ८ : ४७   बजे

काठमाडौँ, १३ साउन । भारतले जम्मू कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा संलग्न तीन जनालाई मारेको दाबी गरेको छ।भारतीय गृहमन्त्री अमित शाहले मंगलबार संसदलाई अपरेसन सिन्दुरबारे जानकारी दिने क्रममा त्यसको खुलासा गरेको द हिन्दुले लेखेको छ।शाहका अनुसार अपरेसन महादेव नाम दिइएको कारबाहीमा सोमबार भारतीय सुरक्षाकर्मीले ती तीन जनालाई कश्मीरको दचीगाममा मारेको हो।

पहलगाम आक्रमणको मुख्य योजनाकार सुलेमान सहित जिब्रान र अफगान भाइलाई मारेको उनले बताएका छन्।उनीहरूबाट पाकिस्तानी मतदाता परिचय पत्र र पाकिस्तानमा बनेको चकलेट बरामद भएकाले उनीहरू पाकिस्तानी नागरिक भएको पुष्टि भएको उनले दाबी गरेका छन्।पाकिस्तानले भने पहलगाम आक्रमणमा पाकिस्तानी नागरिकको संलग्नता नरहेको दाबी गर्दै आएको छ।मारिएका तीन जनाबाट बरामद हतियार र पहलगाम आक्रमणमा प्रयोग भएका गोलीको विश्लेषण गर्दा मेल खाएकाले उनीहरू सो आक्रमणमा संलग्न भएको प्रमाणित भएको खुलासा गरे।पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा नेपालको बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। त्यसको दुई हप्ता पछि मे ७ मा पाकिस्तानभित्र आक्रमण गरेर भारतले जबाफ दिएको थियो।

भारतले अपरेसन सिन्दुर नाम दिएको सो कारवाही पछि भारत र पाकिस्तानबीच चार दिन युद्ध भएको थियो।त्यस क्रममा भारतका पाँच वटा लडाकू विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो। ती पाँचमध्ये तीन वटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को रूसमै बनेको सुखोइ सु-३० भएको पाकिस्तानले दाबी गरेको थियो।

भारतले आधिकारिक रूपमा आफ्ना लडाकू विमान खसालेको बारेमा बोलेको छैन। तर भारतीय सेनाका विभिन्न अधिकारीहरूले आफ्ना विमान खसालिएको भनेर अलग-अलग समयमा स्वीकार गरेका छन्। यद्यपि, कति वटा र कुन विमान खसालिएको भनेर चाहिँ खुलासा गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu