ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा अर्को वर्ष फेब्रुअरीको पहिलो साता आमनिर्वाचन घोषणा


abc news
२५ श्रावण २०८२, आइतबार   ९ : ०७   बजे

काठमाडौं, २५ साउन । बंगलादेशको निर्वाचन आयोगका प्रमुख एएमएम नासिर उद्दीनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमचुनाव हुने शनिबार घोषणा गरेका छन् ।

उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन निश्चित गर्नु अझै पनि ठूलो चुनौती रहेको बताए । देशको उत्तर–पश्चिमी रंगपुर जिल्लामा आयोजित एक कार्यक्रममा उद्दीनले आयोग र निर्वाचन प्रक्रियाप्रति जनताको विश्वास घटेको तर आफू र टोलीले यो पुनर्स्थापित गर्न प्रयास गरिरहेको बताएका बंगलादेशको सरकारी समाचार एजेन्सी ९बीएसएस०ले जनाएको छ ।

चार दिनअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई आन्दोलनबाट अपदस्थ गरेको पहिलो वार्षिकोत्सवको अवसरमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्को वर्ष फेब्रुअरीमा निर्वाचन हुने घोषणा गरेका थिए । बंगलादेशको त्यो १३औँ संसदीय निर्वाचन हुनेछ ।

युनुस सरकारले कार्यकारी आदेशमार्फत आवामी लीगको गतिविधिमा प्रतिबन्ध लगाएका कारण पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।

बीएनपीका स्वघोषित कार्यवाहक अध्यक्ष तथा जियाका छोरा तारिक रहमानले आफ्नो पार्टी र समान विचारधारा भएका सहयोगीको गठबन्धनले फेब्रुअरीमा हुने निर्वाचनमा भाग लिने बताए ।

बीएनपीले यसअघि १२ दलको गठबन्धन बनाएको थियो । त्यसमा अधिकांश मध्य–दक्षिणपन्थी र एक वामपन्थी दल समावेश थिए । तर, हाल पार्टीले अति–दक्षिणपन्थी जमात–ए–इस्लामीसँग स्पष्ट रूपमा दूरी कायम गरेको छ ।

बीएनपी नेतृत्वको चारदलीय गठबन्धन सरकारमा जमात प्रमुख सहयोगी थियो, जसले सन् २००१ देखि २००६ सम्म देशमा शासन गरेको थियो । तर, गत वर्ष आवामी लीग सत्ताबाट बेदखल भएपछि यी दुई दलबीचको दूरी स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu