ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले वासिङ्टन डीसीमा घोषणा गरे सार्वजनिक सुरक्षा आपतकाल


abc news
२७ श्रावण २०८२, मंगलबार   ७ : ३२   बजे

काठमाडौं, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन् । ट्रम्पले सार्वजनिक सुरक्षा आपतकाल घोषणा राजधानीको प्रहरी विभाग (एमपीडी)लाई केन्द्रीय नियन्त्रणमा लिएका छन् ।

ट्रम्पले सोमबार वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै ८०० नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यी सैनिकहरूले गत हप्ताको अन्त्यमा तैनाथ गरिएका सयौँ संघीय कानुन प्रवर्द्धन अधिकारीहरूलाई सहयोग गर्नेछन् ।

यी सैनिकले सहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने कार्य गर्ने बताइएको छ । यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट अफ कोलम्बियालाई होम रूल ऐनको प्रयोग गरी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिएको बताएका थिए ।

उनले पत्रकारहरूलाई भने, “तपाईंहरू लुटपाट, बलात्कार, गोलीबारी वा हत्या भएको हेर्न चाहनुहुन्न ।” ट्रम्पले वासिङ्टन डीसीमा हत्याको दर पृथ्वीको सबैभन्दा खराब स्थानमाभन्दा पनि उच्च रहेको र कार चोरीका घटनाहरूमा समेत वृद्धि भएको बताएका थिए ।

तर, सहरकी मेयर मुरियल बोउजरले राष्ट्रपतिका अपराधसम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै सन् २०२३ मा अपराधमा वृद्धि भएको भए पनि तथ्यांकले त्यसयता अपराध घटेको बताएकी छन् । सहरमा हिंसात्मक अपराध पनि ३० वर्षकै न्यून बिन्दुमा रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा उनको साथमा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डी थिइन् । बन्डीले नै संघीय नियन्त्रणमा रहेको अवधिमा सहरको प्रहरी बलको नेतृत्व गर्ने बताइएको छ ।

उनले राजधानी हिंस्रक गिरोहहरू, हत्यारा, अपराधी, लागूपदार्थका दुव्र्यसनीहरू र घरबारविहीन व्यक्तिहरूको कब्जा भएको पनि दाबी गरेका थिए ।

यो कदमलाई वासिङ्टन डीसीको मुक्ति दिवस भन्दै उनले आफ्नो राजधानी फिर्ता लिने घोषणा पनि गरे ।
ट्रम्पले एक पूर्वकर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै गुण्डाहरूको समूहले तिनलाई निर्ममरूपमा कुटपिट गरी रक्ताम्य अवस्थामा छोडिदिएको बताए ।

राष्ट्रपतिले सरकारी कर्मचारीहरू, एक डेमोक्रेटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारी कामकाजमा अवरोध उत्पन्न गरेको र यो अमेरिकाका लागि खतरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu