ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमबीबीएस र बीडीएसको सिट बढ्यो, कुन कलेजमा कति ?


abc news
२९ श्रावण २०८२, बिहिबार   ८ : १५   बजे

काठमाडौं, २९ साउन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको हो।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शमा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो। बैठकले १ सय सिट रहेको एमबीबीएसको १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिट दिने निर्णय गरेको छ।

मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।

सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।

प्रधानमन्त्रीको सचिवालयले आयोगको सिट निर्धारण समितिको सिफारिस विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको बताएकोछ ।

एमबीबीएस र बीडीएसको सिट संख्या बढाउन निजी मेडिकल कलेज सञ्चालकहरुले दवाव दिदै आएका थिए। गत चैत २१ गतेदेखि एमडी एमएस गर्ने चिकित्सकको आठौँ तह बराबरको निर्वाह भत्ता दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए।

जसमा निजी निजी मेडिकल कलेज सञ्चालकहरुले सिट संख्या र शुल्क बढाउनु पर्ने सर्त राखेका थिए।

वैशाख ३ गते बसेको आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले शुल्क र सिट पुनर्मूल्यांकन गर्न सकिने जनाएको थियो। सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै एमबीबीएसको सिट संख्या बढाउने उल्लेख गरेको थियो ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu