ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै


abc news
३० श्रावण २०८२, शुक्रबार   ७ : १९   बजे

काठमाडौं, ३० साउन ।रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ।

अलास्का( अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा शुक्रबार अलस्कामा भेटवार्ता हुँदैछ। लामो समयदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि यसलाई शान्ति वार्ताको रुपमा लिइएको छ।

पुटिनले वार्तामा सकेसम्म धेरै भू-भागको चाहना गरेका छन्। यसैगरी, ट्रम्पले अन्तर्राष्ट्रिय दबाबको सिर्जना गर्दै रुसलाई युद्ध विराम गर्न बाध्य बनाउने प्रयास गर्ने छन्।

ट्रम्प र पुटिनको वार्ता अलास्कामा हुन लागेको हो। अलास्का १९ औँ शताब्दीमा रुसले अमेरिकालाई बेचेको थियो। अहिले युक्रेनका डोन्सटक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै भूभाग रुसले कब्जामा लिइसेकेको छ। यो वार्तामार्फत् ती प्रान्तमा युक्रेनकै अधीनमा रहेका भूमि पनि रुसले आफू लिन चाहन्छ। युक्रेनका लागि यो अस्वीकार्य हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेको सबै जमिन दिन आफू तयार नभएको बताइसकेका छन्। अमेरिका सहमत भइसकेको विषयमा जेलेन्स्की असफल भएमा युक्रेनलाई गरिएको सबै सहयोग रोक्का हुने त्रास पनि त्यत्तिकै छ। युक्रेनमा रहेको त्यसै त्रासको लाभ उठाउने प्रयास रुसको छ।

यो वार्तामार्फत् रुस र अमेरिका बीचको आर्थिक सम्बन्ध पनि सुमधुर हुने सम्भावना देखिएको छ। अहिले हरेक दिन रुसी सेना युक्रेनको भूभागमा अघि बढीरहे पनि त्यहाँको अवस्था फेरिएको छ। रुसको आर्थिक अवस्था कमजोर बनेको छ। तेल र ग्यासबाट हुने आम्दानी घटेको छ।

दोस्रो पटक अमेरिकाको राष्ट्रपतिका लागि भएको चुनावी अभियानको क्रममा ट्रम्पले रुस र युक्रेनमा शान्ति स्थापना हुने बताएका थिए। जनवरी महिनादेखि उनले यसका लागि प्रयास गरे पनि निराशा मात्र हात लागेको थियो।

फेब्रुअरी महिनामा ह्वाइट हाउसमै भएको भेटमा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाभन भएको थियो। उनले छोटो समयका लागि युक्रेनमा गर्दै आएको सैन्य सहयोग र गुप्तचर साझेदारी रोकेका थिए। पछिल्ला केही साता भने ट्रम्प रुसी राष्ट्रपति पुटिनसँग रुष्ट थिए। वार्ता सफल बनाउन पछिल्लो साता भने ट्रम्प युरोपेली नेतासँगको छलफलमा व्यस्त भए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group