ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयरफोर्स वानमा आलस्का उड्नै लाग्दा ट्रम्पले भने– शान्तिका लागि प्रगति भए मात्र रुससँग व्यापार


abc news
३१ श्रावण २०८२, शनिबार   ७ : ४०   बजे

काठमाडौं, ३१ साउन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको महत्त्वपूर्ण शिखर सम्मेलनअघि रुससँग भविष्यमा हुनसक्ने व्यापारिक सम्बन्धलाई शान्ति स्थापनाको प्रगतिसँग जोड्दै एक सर्त अघि सारेका छन् ।​

अलास्का जाने क्रममा आफ्नो विशेष विमान एयर फोर्स वानुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले शान्तिका लागि ठोस प्रगति भएमा मात्र रुससँग व्यापारिक छलफलको ढोका खुल्न सक्ने स्पष्ट पारेका हुन् ।

राष्ट्रपति ट्रम्पले रुसी प्रतिनिधिमण्डलमा उच्चस्तरीय व्यापारीहरूको सहभागिताप्रति सकारात्मक टिप्पणी गर्दै त्यसलाई स्वागतयोग्य भनेका छन् ।

मैले याद गरेको छु, उनले (पुटिनले) रुसबाट धेरै व्यापारीहरूलाई साथमा ल्याइरहेका छन् र यो राम्रो कुरा हो । मलाई यो मन पर्छ किनभने उनीहरू व्यापार गर्न चाहन्छन्, ट्रम्पले भने, तर जबसम्म हामीले युद्ध समाधान गर्दैनौं, तबसम्म कुनै व्यापार हुँदैन ।

ट्रम्पले युद्धु शब्दले कुन द्वन्द्वलाई संकेत गरेका हुन् भन्ने स्पष्ट नपारे पनि यसलाई युक्रेनमा जारी युद्धसँग जोडेर हेरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा मुलुकहरूले कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन् । पत्रकारहरूले रुससँग व्यापारिक अवसरबारे पुनः प्रश्न गर्दा ट्रम्पले आफ्नो अडान दोहोर्‍याए ।

यदि हामीले प्रगति गर्‍यौं भने, म यसबारे छलफल गर्नेछु, किनभने यो उनीहरूले चाहेको चीजहरूमध्ये एक हो, उनले भने, उनीहरूले मैले अर्थतन्त्रको सन्दर्भमा निर्माण गरेको संरचनाको एक हिस्सा बन्न चाहन्छन् ।

अलास्कामा हुन लागेको यो उच्चस्तरीय शिखर वार्ताबाट केही न केही सकारात्मक परिणाम निस्कनेमा आफू आशावादी रहेको पनि ट्रम्पले बताए ।

उनले पुटिनसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको र दुवै पक्षमा एकअर्काप्रति सम्मानको भावना रहेको उल्लेख गरे । हेर्नुहोस्, उनी एक चतुर व्यक्ति हुन् । लामो समयदेखि उनले रुसको नेतृत्व गरिरहेका छन्, ट्रम्पले भने, हामीबीच राम्रो सम्बन्ध छ । दुवै पक्षमा एकअर्काप्रति राम्रो सम्मानको स्तर छ र मलाई लाग्छ, यसबाट केही न केही परिणाम निस्कनेछ ।

यो शिखर वार्तामा राष्ट्रपति पुटिनको साथमा रुसका अर्थमन्त्री एन्टोन सिलुआनोभ र रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख तथा वरिष्ठ आर्थिक वार्ताकार किरिल दिमित्रिभ जस्ता महत्त्वपूर्ण व्यक्तित्वहरू पनि सहभागी हुँदैछन् ।

यसले रुस आर्थिक सम्बन्ध विस्तारका लागि इच्छुक रहेको संकेत गरेको छ । तर ट्रम्पको पछिल्लो भनाइले कूटनीतिक र शान्ति प्रक्रियालाई नै वार्ताको केन्द्रमा राखेको स्पष्ट देखिन्छ ।

विश्वभरको नजर अलास्कामा हुन लागेको यो भेटवार्तामा केन्द्रित भएको छ, जहाँ दुई शक्तिशाली राष्ट्रप्रमुखहरूबीचको वार्ताले भविष्यको भूराजनीतिक र आर्थिक सम्बन्धको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group