ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरू रुस–युक्रेन युद्ध अन्त्य गर्नेमा आशावादी


एबीसी न्यूज
३ भदौ २०८२, मंगलबार   ४ : ३८   बजे

काठमाडौं ३ मदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूको समूहले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाबारे आशावादी स्वर व्यक्त गरे।

ट्रम्पले यो बैठक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा भएको शिखर सम्मेलनपछि आयोजना गरेका थिए। उक्त सम्मेलनमा पुटिनले युक्रेनले पूर्वी क्षेत्र छोड्ने शर्तमा अन्य मोर्चाहरूमा युद्ध स्थगन गर्ने प्रस्ताव राखेका थिए। युक्रेनले लगातार युद्धविरामको लागि तयार रहेको तर क्षेत्र छोड्न नसक्ने बताउँदै आए पनि सुरक्षा ग्यारेन्टीको आवश्वासन पछि लचक भएको देखिएको थियो ।
सुध्रिएको सम्बन्ध
ट्रम्प र जेलेन्स्कीले यसपटक ओभल अफिसमा भएको विगतको भेटभन्दा न्यानो स्वर अपनाएका छन् । यस अघि प्रेब्रुअवरीको पहिले भेट टेलिभिजनमा प्रसारित तनावपूर्ण बहसमा परिणत भएको थियो । ट्रम्पले युद्धको स्थायी समाधानको लागि दुवै पक्षसँग काम गर्ने बताए। दुई वरिष्ठ युरोपेली अधिकारीहरूका अनुसार, ट्रम्पले सोमबारको बैठक बीचमा रोकेर पुटिनलाई फोन गरेका थिए ।

ट्रम्प प्रशासनले हालै रुसबाट पुनः आक्रमण रोक्न सुरक्षा ग्यारेन्टीको समर्थन व्यक्त गरेको छ। जेलेन्स्कीलाई कस्तो ग्यारेन्टी चाहिन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ूसबै कुरा।ू ट्रम्पले अमेरिका कुनै न कुनै रूपमा संलग्न हुने र युरोपको नेतृत्वमा नेटो(जस्तो व्यवस्था हुने संकेत गरेका छन् ।
सहभागीहरू
बैठकमा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट्टे, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, इटालीकी प्रधानमन्त्री जबर्जया मेलोनी, जर्मनीका चान्सलर फ्रेरिक मर्ज र युरोपेली आयोगकी प्रमुख उर्साला भोन डेर र युरोपका धेरै नेताहरू जेलेन्स्कीसँग ह्वाइट हाउसमा सहभागी थिए।
जेलेन्स्कीसँगको बैठकपछि ट्रम्पले शीर्ष युरोपेली अधिकारीहरूसँग छलफल गरेका थिए , उनले युद्ध अन्त्य गर्ने सम्झौताको मध्यस्थताका लागि जेलेन्स्की र पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्न चाहेको बताएका छन् ।

युक्रेनको चिन्ता के छ भने यदि जेलेन्स्कीले सम्झौता गर्न अस्वीकार गरे भने, अमेरिकाले हतियार र गुप्तचर जानकारीसहितको महत्वपूर्ण राजनीतिक र सैन्य समर्थन रोक्न सक्छ।

यो बैठकले युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनामा नयाँ आशा जगाएको छ, तर क्षेत्रीय सम्झौता र सुरक्षा ग्यारेन्टीको प्रश्नले जटिलता थपेको छ। ट्रम्पको मध्यस्थता र युरोपेली नेताहरूको एकताले दीर्घकालीन शान्तिको लागि महत्त्वपूर्ण कदम चाल्न सक्ने संकेत गरेको छ।

विश्व नेताहरु ह्वाइटहाउसमाः ट्रम्पबाट पुटिन र जेलेन्स्कीबीच वार्ताको घोषणा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group