ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमणको मुखमा ओलीलाई दिल्लीको ‘झट्का’: लिपुलेकबारे चीन–भारत ‘नयाँ सम्झौता’


एबीसी न्यूज
४ भदौ २०८२, बुधबार   १२ : ४८   बजे

काठमाडौं ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्निकट भारत भ्रमणको पूर्व सन्ध्यामा भारत र चीनले फेरि लिपुलेकमा नेपाललाई बेवास्ता गर्दै द्विपक्षीय समझदारी गरेका छन् ।

चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएको १२ बुँदे समझदारी सार्वजनिक गर्दै भारतले लिपुलेक नाकाबाट दुई देशबीच व्यापार गर्न सीमानाका पुनः खोल्ने घोषाण गरेको छ । लिपुलेक समेत समेटिएको नयाँ नक्सा तत्काली प्रधानमन्त्री ओलीकै पहलमा २०७७ सालमा संसदको दुई तिहाईभन्दा बढीले पारित गरेको छ । लिपुलेक शुरु देखि नै नेपालको भूमि भएपनि त्यहाँ नजिकै सन् १९६२ देखि भारतीय सेनाको व्यारेक रहँदै आएको छ ।

नेपालले आफ्नो नक्सामा समेटेको सो भूमिको बारेमा दुवै देश जानकार नहुने कुरै भएन । नेपाल– भारत सम्वन्ध र विशेषगरी ओलीसँग भावनात्मक रुपले समो जोडिएको सीमा नाकाका बारेमा उतिबेलै पनि नेपालले औपचारिक रुपमा चिनिया सरकार र भारतसँग समेत विरोध जनाएको थियो । तर लिपुलेकमा नेपाललाई बेवास्ता गरेर २ देशले सन् २०१४ समझदारी गरेका थिए ।

दुई देशबीच सीमा तनावपछिको झण्डै ५ वर्षपछि सुमधुर बनेको भारत–चीन सम्वन्धमा अहिले नयाँ न्यानोपन शुरु भएको छ।

यसै सन्दर्भमा भारतको भ्रमणमा रहेको चिनिया विदेश मन्त्री र उनका समकक्षी बीचको वार्तापछि जारी गरिएको समझदारीको नवौँ बुँदामा लिपुलेक, शिप्की ला पास र नाथुला पास नाका व्यापारिक प्रयोजनका लागि पुनः सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।
अब नेपालले त्यो समझदारी बारेमा सन् २०१४–१५ मा जस्तै विरोध जनाउने र त्यसखालको समझदारी सच्चाउन पहल गर्छ कि चुपचाप प्रधानमन्त्री ओली भारत भ्रमणमा जान्छन् भन्ने प्रश्न उठेको छ ।
यसैबीच आज संसदमा जबाफ दिने कार्यक्रममा प्रधानमन्त्री स्वास्थ्यका कारण देखाउँदै रद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu