ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा नागा बाबाको नग्नता अश्लील होइन, धार्मिक अभ्यास हो: सर्वोच्च अदालत


abc news
१० भदौ २०८२, मंगलबार   ८ : ०६   बजे

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नागा बाबा ९साधु० नाङ्गै बस्ने परम्परालाई अश्लीलता मान्न नसकिने ठहर गरेको छ । यो उनीहरूको धार्मिक आस्था र सनातन परम्पराको अभिन्न अङ्ग भएकोले यसलाई रोक्न आदेश दिन नमिल्ने फैसला अदालतले सुनाएको हो ।

एक वर्ष अघि २०८१ भदौ २७ मा न्यायाधीशद्वय डा। कुमार चुडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट निवेदन खारेज गर्दै यस्तो आदेश दिएकोमा मङ्गलवार पूर्णपाठ सार्वजनिक भएको हो ।

अधिवक्ता न्यौपानेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा नागा साधुले सार्वजनिक स्थलमा आफ्ना गोप्य अङ्ग प्रदर्शन गरी नाङ्गै बस्ने, खरानी धस्ने जस्ता क्रियाकलापले महिला तथा बालबालिकामाथि यौन हिंसा र मनोवैज्ञानिक असर पारेको भन्दै यस्तो कार्य रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले यसलाई सार्वजनिक अश्लीलता र धार्मिक कुरीति भन्दै यस्ता साधुलाई नेपाल प्रवेशमा रोक लगाउन र सरकारी कोषबाट रकम दिन बन्द गर्न परमादेशको माग गरेका थिए ।

तर, सर्वोच्च अदालतले आफ्नो फैसलामा नाङ्गो हुनु र अश्लील हुनु फरक विषय भएको व्याख्या गरेको छ । अदालतले भनेको छ, ‘नग्नता आफैँमा अश्लील हुँदैन । कुनै पनि कार्य अश्लील हो वा होइन भन्ने कुरा त्यसको उद्देश्य, परिस्थिति र सामाजिक स्वीकार्यतामा भर पर्छ।’ फैसलामा नागा साधुले भक्तजनमा कामोत्तेजना बढाउने वा चरित्रहीन बनाउने उद्देश्यले नभई, भगवान् शिवप्रतिको भक्ति, समर्पण र साधनाको रूपमा सनातनदेखि चलिआएको अभ्यास अनुसरण गरेको देखिने उल्लेख छ। अदालतले विभिन्न हिन्दु धर्मशास्त्र, वेद र उपनिषद्‌को उदाहरण दिँदै सांसारिक मोह त्यागेर निर्वस्त्र रहनु परमहंस सन्न्यासी परम्पराको एक हिस्सा भएको बताएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले दाबी गरेजस्तो यो कार्यले भक्तजनमा यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बनाउने देखिँदैन । यो सनातनदेखि चलिआएको धार्मिक, सामाजिक र नैतिक मूल्यको दृष्टिले स्वीकार्य अभ्यास हो।’ नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता दिएको र नागा साधुको यो अभ्यास पनि धार्मिक स्वतन्त्रता अन्तर्गत पर्ने अदालतको ठहर छ । शैव सम्प्रदायभित्रको यो विशिष्ट परम्परामाथि रोक लगाउँदा धार्मिक अल्पसंख्यकमाथि भेदभाव हुन जानेतर्फ पनि अदालतले सचेत गराएको छ । पशुपति क्षेत्र विकास कोष लगायतका विपक्षीले यो एक प्राचीन धार्मिक परम्परा भएको र यसलाई व्यवस्थित गर्न आफूहरूले काम गरिरहेको जवाफ दिएका थिए ।

अदालतले नागा साधुलाई पशुपति परिसरमा प्रवेश निषेध गर्दा सनातन परम्परामाथि नै हस्तक्षेप हुने भन्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । यद्यपि, मेला व्यवस्थापनका क्रममा पशुपति क्षेत्र विकास कोषले उनीहरूका लागि निश्चित स्थान तोक्न सक्ने र कुनै साधुले कानून विपरीतको काम गरेमा प्रचलित कानून अनुसार कारबाही हुने विषयलाई भने अदालतले खुला राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu