ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू-१७ महिला च्याम्पियनसिप: नेपालले बंगलादेशसँग खेल्दै


abc news
११ भदौ २०८२, बुधबार   ७ : २९   बजे

काठमाडौं, ११ भदौ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३-० ले पराजित भएको थियो ।

आजको खेलसहित बाँकी ३ वटै खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।

नेपाल आजको खेलमा पराजित भएमा बाँकी २ खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब ३ वटै खेल जित्नुको विकल्प हुने छैन ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७(० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २(१ गोलअन्तरले हराएको थियो ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३(१ ले हराउँदा भारतसँग २-० ले पराजित भएको थियो ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाल भने उमेर समूहमा भारत र बंगलादेशभन्दा कमजोर देखिँदै भुटानसँग चुनौतीपूर्ण खेल पस्कने स्तरमा छ ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu