ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए


abc news
११ भदौ २०८२, बुधबार   ९ : ५४   बजे

रौतहट, ११ भदौ ।हत्या गरेर सुटकेसभित्र भेटिएकी माधव नारायण ६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका मुख्य अभियुक्तले आत्मदाहका कारण गम्भीर अवस्थामा रहेकोले उनलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ।

सोही ठाउँका अभियुक्त लक्ष्मण पासवानले गाउँदेखि करिब पाँच सय मिटर पश्चिम धान खेतमा आत्मदाहको प्रयास गरेको एसपी नेत्रमणि गिरिले बताए। उनका अनुसार घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याएको छ।

रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका छन्।

आत्मदाहका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको गरुडा बेटर नेपालका सञ्चालक सुनिल प्रसाद साहले बताए। बेटर नेपाल अस्पतालमा प्रहरीले उद्धार गरी ल्याएका पासवानको टाउको, पेट र पछाडिको भाग पूर्ण रूपमा जलेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी(प्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याका अभियुक्त पासवानले आफूले प्रेमिका रुबीको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu