ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्बन्ध सुधार्न भारत र क्यानडाले महिनौंपछि उच्चायुक्त नियुक्त गरे


abc news
१३ भदौ २०८२, शुक्रबार   ३ : २३   बजे

काठमाडौ १३ भदौ । भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्त नियुक्त गरेका छन् । सन् २०२३ मा भ्यानकुभरको उपनगरमा एक सिख पृथकतावादी नेताको हत्यापछि तनावग्रस्त सम्बन्ध पुनर्स्थापित गर्ने पछिल्लो कदममा भारत र क्यानडाले एकअर्काका देशमा नयाँ उच्चायुक्तहरू नियुक्त गरेका बीबीसीले जनाएको छ ।

भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ दिनेश के। पटनायकलाई क्यानडाका लागि भारतको नयाँ उच्चायुक्तका रूपमा नियुक्त गरेको छ । यस्तै क्यानडाले क्रिस्टोफर कुटरलाई भारतका लागि आफ्नो नयाँ उच्चायुक्तका रूपमा नियुक्त गरेको छ । यो पद गएको वर्षदेखि खाली थियो ।

नयाँ उच्चायुक्तको नियुक्तिले भारतसँगको कूटनीतिक संलग्नतालाई बिस्तारै गहिरो बनाउने र द्विपक्षीय सहयोगलाई अगाडि बढाउने क्यानडाको नीतिलाई प्रतिबिम्बित गर्ने क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले एक विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

भारतका अघिल्ला उच्चायुक्तले गएको अक्टोबरमा क्यानडा छोडेका थिए । क्यानडाले पृथकतावादी हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएका कारण निष्कासित गरिएका ६ जना कूटनीतिज्ञमध्ये उनी पनि रहेको बताएको छ । तर भारतले भने उच्चायुक्तलाई फिर्ता बोलाएको बताएको छ ।

भारतले त्यही दिन तत्कालीन कार्यवाहक उच्चायुक्तसहित ६ जना वरिष्ठ क्यानेडियाली कूटनीतिज्ञलाई निष्कासन गर्ने आदेश दिएको पनि बताएको थियो ।

पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिएको थियो । भारतले यो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu