ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको अवैध धन्दाले प्रहरी फन्दामा परे ७५ वर्षीय विनोद


abc news
१७ भदौ २०८२, मंगलबार   ८ : ३५   बजे

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिका-२६ गोंगबुका ७५ वर्षीय विनोद श्रेष्ठ वृद्धावस्थामा प्रहरी फन्दामा परेका छन् ।

सुनको ‘अवैध धन्दा’मा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई मंगलबार दिउँसो श्रेष्ठकै निवासबाट पक्राउ गरेको हो ।

श्रेष्ठको घरबाट तीन करोड ७५ लाख नगद र २ किलोग्राम सुन समेत बरामद भएको छ । उनले विभिन्न व्यक्तिका सुनका गहना धितो राखेर ब्याजमा पैसा दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले मिटर ब्याजको समेत धन्दा चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मंगलबार दिउँसो अपरेसन चलाएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी आफैं उक्त टोलीसहित पुगेका थिए ।

श्रेष्ठको घरमा ठूलो मात्रामा अवैध रकम रहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको थियो ।

ठूलो परिमाणमा नगद भेटिएका कारण गन्नलाई बैंकबाट मेसिन मगाइएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी टेकबहादुर तामाङका अनुसार श्रेष्ठले पैसा ब्याजमा लगाउने प्रयोजनकै लागि पैसा थुपारेर राखेको आशंका छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ परेका श्रेष्ठले गहना धितो राखेर ब्याजमा पैसा लगाउने गरेको सूचना पाएपछि प्रहरीले छापामा मारेको थियो ।

शुरूमा रकम मात्रै फेला परेको र कोठा थप सर्च गर्दा गहना समेत पोको पारेर लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu