ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता


abc news
१८ भदौ २०८२, बुधबार   ७ : १३   बजे

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जापानी उपनिवेश पराजित भएको ८०औँ वर्षको अवसरमा आयोजित सैन्य परेडमा सहभागी हुँदैछन्। ओली नेतृत्वको टोली आजै स्वदेश फर्कने छ।

चीनले दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८०औं वार्षिकोत्सवका अवसरमा आज आयोजना गर्ने सैन्य परेडको भव्य तयारी गरेको छ।

२६ राष्ट्र तथा सरकार प्रमुखका साथै विश्वभरबाट निम्त्याइएका ५० हजार पाहुना उपस्थित हुने सैन्य परेडका लागि बेइजिङको सुरक्षा व्यवस्था कडा पारिएको छ।

परेडका लागि तियानमेन स्क्वयारलाई भव्य रुपमा सजाइएको छ भने राजधानीभर २ लाखभन्दा बढी झण्डा टाँगिएका छन्।

यस्तै जापानविरूद्धको युद्धलाई देखाउने फूलका संरचना प्रमुख सडक र चोकमा राखिएका छन्। व्यापारिक क्षेत्रका भवन उज्यालो पार्न नयाँ लाइटस्केप समेत तयार गरिएको छ।

परेडका लागि विद्यालय, व्यापारिक प्रतिष्ठान र होटलहरू दुई दिनका लागि बन्द गरिएका छन् । सडक, ओभरपास र पुलहरूमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विदेशी पत्रकारलाई पनि निगरानी गरिएको छ ।

परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ९उनलगायतका नेताहरू सहभागी हुनेछन्। उत्तर कोरियाली नेता सन् १९५९ पछि पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुँदैछन्।
नेपालका तर्फबाट ओली सहभागी भएको भने पहिलो हो। तर, चीनको सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन् १९५६ अक्टोबर १ मा भने तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य तियानमेन स्क्वायरमा चिनियाँ नेता माओ त्सेतुङ, इन्डोनेसियाका राष्ट्रपति सुर्कानोलगायतसँगै सहभागी भएका थिए।

त्यसपछि १२औँ स्थापना दिवसमा तत्कालीन राजा महेन्द्रले परेड अवलोकन गरेका थिए। र्नुभएको थियो। यो भने स्थापना दिवस होइन्।

सन् १९३० को सुरुमै जापानले चीनमाथि आक्रमण गरेको थियो। जापान, जर्मनी र इटालीको एक्सिस गठबन्धन अघि बढ्दैथियो।

तर, अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत र फ्रान्ससहितको एलाइड गठबन्धनले एक्सिसलाई पराजित गर्दै लगेको थियो। त्यसैमा सन् १९४५ सेप्टेम्बर ३ मा चीनको प्रतिरोध र अमेरिकी आक्रमणपछि जापान पछि हट्यो। त्यसैदिनको सम्झनामा चीनले हरेक सेप्टेम्बर ३ मा विशेष कार्यक्रम गर्दै आएको छ।

पश्चिमा मुलुकहरुबाट भने सर्बिया र स्लोभाकियाका नेताहरू मात्र उपस्थति हुनेछन्। सैन्य परेडका लागि चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूले महिनौं अगाडिदेखि तयारी गरेका थिए।

परेडका क्रममा नयाँ हाइपरसोनिक मिसाइल तथा मानवरहित पानीमुनि चल्ने ड्रोनलगायतका १ सय किसिमका आधुनिक हतियार प्रणाली प्रदर्शन गरिने बताइएको छ।

यो परेड चिनियाँ राष्ट्रपति सी चिनफिङको शक्ति र प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन्।

भ्रमण सकेर प्रधानमन्त्री ओली नेतृत्वको टोली आजै स्वदेश फर्किने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group