ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या


admin
२२ चैत्र २०७४, बिहिबार   ११ : ४१   बजे

सिन्धुली, २२ चैत । सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो ।

वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा बताउँछन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि खोला तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको उनीहरूको भनाइ छ ।

सुगम मानिने कमलामाई नगरपालिका–४ रायडीमै पिउने पानीको समस्या भएको छ । वर्षांैदेखि उपभोग गर्दै आएको पानीको मुहान एकाएक सुकेपछि अहिले ग्वाङ खोला तथा खहरे खोलाको बगर खोस्रेर पानी पिउन बाध्य भएको स्थानीयवासी कैलाश विसंखेले बताउनुभयो । खानेपानीको मुहानमा पानी नै नभएपछि नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने र आफूले पानी खाने मुहान एकै भएको उहाँको भनाइ छ ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका हाक्पारा निवासी ७० वर्षीया रेउतीमया लुङ्गेलीमगरले पनि पिउने पानीको समस्या भएको बताउनुभयो । मरिण खोलामा कुवा खनेर पानी खाँदै आएको उहाँको भनाइ छ । घर वरपरका पानीका मुहान तथा कुवा सुकेपछि खोलाको पानी पिउन बाध्य भएको उहाँको भनाइ छ ।

गाउँमा बिजुली नहुँदा दिनहुँ खोलाको पानी बुढेसकालमा बोकेर खान धेरै समस्या भएको उहाँको दुखेसो छ । बिजुली भए खोलाको पानी मोटरले तानेर खान पाइने आशा भए पनि सरकारले बिजुली नदिएको उहाँले बताउनुभयो ।

बिजुली भए बुढेसकालको पानी तान्ने सहारा हुने थियो उहाँले भन्नुभयो । खाने पानीको राम्रो व्यवस्था गरिदिन सरकारसँग उहाँको माग रहेको छ । आफूसँगै दर्जनाँै घरपरिवार अहिले खोलाको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका–५ हातिदमानकी अस्मिता मोक्तानको पनि पानीको समस्याको दुखेसो छ । धारामा पानी महिनाँैदेखि आउन छाडेकाले नजिकका खोलाबाट पानी ल्याई खाने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नजिकै पानी छैन खोलाबाट ल्याएर बस्तुलाई खुवाउन सकिँदैन, आफैँले ल्याउने पानीको मुहानबाट बस्तुलाई खुवायो अनि आफूले पनि ल्यायो ।” वर्षौंदेखि पानीको समस्या भए पनि खोलाको पानी खानु पर्ने बाध्यता कहिल्यै नटरेको उहाँको दुखेसो छ ।

यससँगसँगै जिल्लाका तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोशी, मरिण तथा अन्य स्थानीय तहका धेरै बस्तीमा खानेपानीको समस्या भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले धेरैजसो पानीका मुहान सुकाएको र अहिले रहेका नयाँ मुहान पनि लामो खडेरीका कारण सुकेपछि पिउने पानीकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।

पानीलाई शुद्धीकरण गरेर नखाए विभिन्न रोगको महामारी फैलने भए पनि हालसम्म त्यस्ता सचेतनामूलक कार्यक्रम नभएको स्थानीयवासी बताउँछन् । पानीको समस्या रहेका स्थानमा सम्बन्धित निकायले नागरिकलाई पानीको व्यवस्थापन वा पानी शुद्धीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group