ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको चेतावनी पछि सिन्डिकेट पक्षधर यातायात व्यवसायी पछि हटे, कोटेश्वर–बनेपा यातायात सुचारु


admin
२२ चैत्र २०७४, बिहिबार   ११ : ४९   बजे


काठमाडौं, २२ चैत।
सिन्डिकेटको राज चलाउँदै आएका यातायात व्यवसायी विरुद्ध सरकार आक्रमक रुपमा पेश हुन थालेपछि सिन्डिकेट लाद्न पाउनुपर्ने मागबाट पछि हट्न थालेका छन् ।

काभ्रेको बनेपासम्म मयुर यातायात कम्पनीलाई रुट इजाजत दिएको विरोधमा हड्तालमा उत्रिएका यातायात व्यवसायीहरु विरुद्ध सरकारले सिन्डिकेट पक्षधर समिति खारेज गर्नेसम्मको तयारी गरेपछि पछि हटेका हुन् । व्यवसायीको अवरोधका कारण काठमाडौंको कोटेश्वरदेखि पूर्व चल्ने सवारीसाधन ठप्प प्राय भएका थिए । तर, बुधबार सरकारले त्यसको विकल्पमा नयाँ यातायात व्यवसायीलाई अस्थायी रुट परमिट दिएपछि साझा, मेट्रो र मयुर यातायातका गाडीहरु बनेपासम्म पुगेका थिए ।

सिन्डिकेटलाई ध्वस्तै गर्ने चेतावनी पछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले बिहीबारबाट आफ्ना सवारी साधन पूर्ववत संचालन गरेका छन् ।

सार्वजनिक सडकमा अहिलेसम्म मनमौजी गदै आएका यातायात व्यवसायीहरु सरकारले गत चैत १८ गते ल्याएको यातायात सम्बन्धी नयाँ निदेर्शिका र मापदण्ड ल्याएपछि त्यसको विरोधमा उत्रिएका थिए ।

यातायात व्यवस्था विभाग भने नियमित अनुगमन सुरु गरेको छ । अब बस चलाउनेले चलाउँछन् । नचलाउनेको रुट परमिट खारेज हुन्छ । सडकमा अराजकता मच्चाउने समिति नै खारेज पनि हुनसक्छ । विभागले चेतावनी दिएको छ ।

तर, व्यवसायीको छाता संगठन राष्ट्रिय यातायात व्यवसायी महासंघले भने आगामी आगामी चैत २६ गते ठोस निर्णय गर्न बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group