ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्र सरकारसँग सहकार्य गरी विकास र समृद्धि हासिल गर्छौं : मुख्यमन्त्री राउत


admin
२२ चैत्र २०७४, बिहिबार   २ : ३३   बजे


पर्सा, २२ चैत ।
परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् ।

वक्ताहरुले २ नं प्रदेशमा रहेका सबल र दुर्वल पक्षको पहिचान गरी नीति निर्माण गरे समृद्ध प्रदेशको परिकल्पनालाई सकार गर्न सकिने बताएका छन् । वक्ताहरुले कृषि, उद्योग व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेकाले कृषिको आधुनिकीकरण, व्यपारमैत्री उदार नीति र धार्मिक पर्यटनको प्रवद्र्धन सम्बद्र्धन सँगै प्रचार प्रसार गरिए चाँडै समृद्धि हासिल गर्न सकिने सुझाव दिएका छन् ।

कार्यक्रममा वरिष्ठ उद्योगपति जगदीश आग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आशोक वद्य, प्रदीप केडिया, अशोक टेमानी, गणेश लाठ, उपाध्यक्ष सुबोध गुप्ता, प्राध्यापक आनन्द यादव, उद्योगपति माधव राजपाल, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीलगायतका वक्ताले युवा जनशक्तिको पलायनलाई नरोकेसम्म विकास गर्न नसिकने भएकाले प्रदेशभित्र रोजगारको अवसर सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए ।

वक्ताहरु प्रदेश नं २ मुलुककै मुख्य प्रवेशद्वारका रुपमा रहेको र भौगोलिक रुपले पनि व्यापारको सम्भावना बढी भएकाले लगानी भित्र्याउन व्यापारमैत्री नीति निर्माणदेखि लगानीकर्ताको मुनाफा सुरक्षित हुने वातावरण निर्माण गर्न आवश्यक रहेको विचार व्यक्त गरेका थिए । कृषिलाई आम्दानीयोग्य बनाउन उन्नत बीउ र मूल्यवान् वस्तुको उत्पादन आवश्यक रहेको बताउँदै वक्ताले पूर्वाधार विकास सँगै प्रदेशवासीको सकारात्मक सोच विकास गर्न नीति तर्जुमा गर्न आवश्यक रहेकोे जोडिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले विनियोजित गरिएको विकास बजेटमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरे विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकारले विनियोजित गरेको विकास बजेटमध्ये ७७ प्रतिशत विकास बजेट दुरुपयोग हुँदै आएको अनुसन्धानले देखाएको जानकारी दिँदै मुख्यमन्त्री गद्दीले बजेटको कार्यान्वयन प्रतिशतलाई वृद्धि गर्न सकिए र प्रदेशमा व्याप्त रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सके समृद्धिको लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश नं २ कोे विकास नगरी मुलुक समृद्ध हुन नसकिने भएकाले केन्द्र सरकारले पनि यो प्रदेशको विकासका लागि सहयोग गर्ने बताउनुभयो । प्रदेशको विकासका लागि प्रादेशिक सरकार केन्द्रसँग सहकार्यको नीति अपनाएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं २ का अर्थमन्त्री विजय यादवले विकासको महत्वपूर्ण आधार भनेको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र उद्योग रहेकाले यसका लागि समानताको नीति आवश्यक रहेको बताउनुभयो । संघीय सरकारको बजेट समानताका आधारमा विनियोजन हुनुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group