ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राँगो मार हान्न ३ लाख ३ हजार ३३३ रुपियाँको बोलकबोल


abc tv
१५ आश्विन २०८२, बुधबार   ३ : ५०   बजे

म्याग्दी, असोज १५ गते । नवरात्रको अन्तिम दिन आज म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको भिड लागेको हो । 

आज महानवमीका दिन शक्तिपिठहरुमा बाजागाजासहित बलि दिने परम्परा छ । कोतघर र भगवती मन्दिरहरुमा विधिपूर्वक पूजा आरधना गरी धार्मिक विधिअनुसार बलि दिने प्रचलन छ । 

म्याग्दीको रघुगंगा गाउँपालिका –२ स्थित राखु भगवती कोतमन्दिर, धवलागिरि गाउँपालिका –७ स्थित ताकमकोत मन्दिर, बेनी नगरपालिका–९ स्थित घतान कोत मन्दिर र बेनीसँग नजिक रहेको मल्लाज भगवती कोत मन्दिरमा आज धुमधामसँग पूजा आरधना गरिएको छ । 

अन्य ग्रामीण भेगहरुमा रहेका देवी भगवतीका मन्दिरहरुमा पूजा र दर्शनका लागि पुगेका भक्तजनहरुको भिड लागेको छ । नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा देवीको पनि विशेष पूजा आराधना बलि दिने कार्यक्रम रहेको राखु भगवती कोत मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताउनुभयो । 

उहाँका अनुसार भागवती कोतमा बलि दिइने सरकारी राँगोको मार हान्न मंगलबार राति खुल्ला प्रतिस्पर्धामार्फत बढीबढाउ गरिएको छ । उहाँका अनुसार यस वर्ष ४ लाख ९२ हजार रुपियाँ बोलकबोल गरेर रघुगंगा गाउँपालिका –२ निवासी भगवान खत्री सरकारी राँगो मार हान्नका लागि छनौट हुनुभएको छ । 

राँगा मार हान्न बोलकबोल

यसैगरी मल्लाज भगवती कोत मन्दिर बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न ) तीन लाख तीन हजार तीन सय ३३ रुपियाँ बोलकबोल गरी जलजला गाउँपालिका ४ फटकेढुङ्गाका अनोजबहादुर मल्ल छनौंट हुनुभएको मल्लाज भागवती पूजा व्यवस्थापन समितिका सदस्य नविन जिसीले बताउनुभयो । 

भगवती कोत मन्दिरमा सरकारी मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण धेरै जनाको प्रतिस्पर्धा हुने भएकाले बढीबढाउमार्फत सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै सरकारी मार हान्न दिने परम्परा रहेको राँखु भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले जानकारी दिनुभयो  । 

यसैगरी धवलागिरि गाउँपालिका –७ स्थित ताकमकोत मन्दिरमा पनि आज विहानैदेखि भक्तजनहरुको भिड लागेको कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताउनुभयो । उहाँका अनुसार ताकमकोतमा विहानैदेखि म्याग्दीका साथै बागलुङका समेत भक्तजनहरु पूजा आरधनाका लागि आएका छन् । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । (गोरखापत्रअनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Launches Nationwide Crackdown on Evolving Organized Crime

Appeals Court Allows Social Media Addiction Lawsuits to Proceed

China Digital Publishing Expo to Showcase Cultural Gaming Integration

China Mobilizes Disaster Relief Funds as Typhoon Dolphin Impacts Eastern Regions

Xi Jinping Cultivates Personal Diplomacy Through Longstanding Friendships

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu