ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविरामका लागि इजरायल र हमासका प्रतिनिधिसहितको वार्ता इजिप्टमा शुरू


एबीसी न्यूज
२१ आश्विन २०८२, मंगलबार   ७ : १४   बजे

काठमाडौँ, २१ असोज । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ । अप्रत्यक्ष रुपमा भएको वार्तामा हमास, इजरायल र अमेरिकाका प्रतिनिधिहरू छन् । इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वार्ताबाट आउँदो छलफलका विषयहरू टुङ्गो लगाउने आशा गरिएको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई वर्षपछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भए पनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अरु बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन् ।
प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि उल्लेख छ, तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताउनुभएको छ । इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो । वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu