ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन


एबीसी न्यूज
८ कार्तिक २०८२, शनिबार   ७ : ४७   बजे

काठमाडौं, ८ कातिक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९स्२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

राजदरबारले सन् २०१९ देखि अस्पतालमा रहेकी सिरिकितलाई यो महिना रगत संक्रमणसहित धेरै रोगहरूले सताएको जनाएको छ। महारानी सिरिकितले ६ दशकभन्दा बढी समयसम्म थाइल्यान्डका सबैभन्दा लामो समयसम्म शासन गर्ने राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन्, जसको निधन सन् २०१६ मा भएको थियो।

राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टि आयोजना गर्न आदेश दिएका छन्। दरबारका अनुसार महारानी सिरिकितको पार्थिव शरीरलाई बैङ्ककको ग्रान्ड प्यालेसको दुसित थोर्न हलमा राखिनेछ। थाइल्यान्डको शाही परिवारका सदस्यहरूले एक वर्षसम्म शोक मनाउनेछन्।

महारानी सिरिकितले आफ्ना पति राजा भूमिबोललाई पेरिसमा संगीत अध्ययन गर्ने क्रममा भेटेकी थिइन्। त्यस समय उनका बुबा फ्रान्सका लागि थाइल्यान्डका राजदूत थिए।

ल्बदष् िदबलप
सन् १९८० मा थाई राजतन्त्रबारे बनेको बीबीसी वृत्तचित्र ‘सोल अफ अ नेशन’ मा सिरिकितले राजासँगको पहिलो भेटबाइएको अनुभव सुनाउँदै भनेकी थिइन्, ‘आफू पहिलो नजरमा नै घृणा भएको थियो।’

उनले राजा पहिलो भेटमा ढिलो आएको बताइन्। उनले भनिन्, ‘उहाँले दिउँसो चार बजे आइपुग्छु भन्नुभएको थियो थिए। उहाँ सात बजे आइपुग्नुभयो । म भने त्यहाँ कुर्सीमा बस्ने र पटक(पटक झुकेर सम्मान गर्ने अभ्यास गरिरहेँ।’

राजा भूमिबोलको बैङ्ककमा राज्याभिषेक हुनुभन्दा एक हप्ताअघि, सन् १९५० अप्रिल २८ मा यो जोडीले विवाह गरेको थियो।

सन् १९६० को दशकमा युवा जोडीको रूपमा महारानी सिरिकित र राजा भूमिबोलले विश्वभर यात्रा गरे, जहाँ उनीहरूले अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावर, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय— र एल्भिस प्रेस्लीलाई समेत भेटेका थिए।

त्यो दशकभरि उनी अन्तर्राष्ट्रिय ुबेस्ट ड्रेस्ड लिस्टु मा प्रायः चित्रित हुन्थिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group