काठमाडौं, २२ चैत । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले अहिलेको संविधान समावेशिताको उत्कृष्ट नमुना भएको दावी गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा डाक्टर रमेश सुनामद्वारा लिखित समावेशिताको वहस पुस्तक बिमोचन गर्दे उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानले रक्षा गरेको र संबिधानमा समावेशिताको बिषय प्राथमिकतामा रहेको बताउनुभएको हो ।
मन्त्री विष्टले समतामुलक समाज निर्माणमा समावेशिताले योगदान गरेको र जातिय तथा बर्गिय भेदभाव कम गर्नका लागी समावेशिताको योगदान रहेको उल्लेख गर्नुभयो ।
२०५५ देखि ठोस ढंगले समावेशिताको बिषयले प्राथमिकता पाएको भन्दै उहाले अहिले समावेशीताका आधारमा उत्पीडनमा परेका जाति बर्ग क्षेत्रलाई सवलीकरण गर्न मद्दत पुगेको बताउनुभयो ।
त्यस्तै उहाले सिमान्तकृत आधारभूत तहलाई माथि उठाउने गरि समावेशीलाई जोड दिन नसके विभेद कायमै रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गर्दे पिछडिएका समूदायमा समावेशिताको वहस जरुरी रहको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्