ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा कर्मचारी खटाइएकोमा केन्द्रीय सरकारप्रति विरोध


admin
२३ चैत्र २०७४, शुक्रबार   ८ : ५४   बजे

काठमाडौँ, २३ चैत । केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् ।

समितिले यहाँ आज पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ । स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकारले नमागीकनै केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी पठाउने अधिकार नभएको जनाउँदै सरकारको निर्णय संविधानको मर्मविपरीत छ भन्नुभयो ।

स्थानीय तहको अधिकारलाई केन्द्रीकृत गरी सरकारले कानूनको अवज्ञा गरेको आरोप श्रेष्ठले लगाउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी समायोजन गर्दा स्थानीय तहमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गरिनुपर्छ ।”

काठमाडौँ महानगरपालिकामा हाल १५२ स्थायी कर्मचारी छन् । सरकारले कामपाका लागि ३६५ निजामती कर्मचारी खटाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत १३ गते स्थानीय तहमा तत्काल आवश्यक पर्ने कर्मचारी दरबन्दी ५७ हजार कायम गर्दै निजामती सेवालगायत अन्य सेवाबाट स्थानीय तहमा खटाइने भनी मन्त्रिपरिषद्ले निर्णय गरेपछि स्थानीय तह कर्मचारी संघले असन्तुष्टि जनाएको हो ।

समायोजन ऐनमा राष्ट्रसेवक कर्मचारीको परिभाषाभित्र साविकका स्थानीय निकायका कर्मचारीलाई समेट्न नसक्नु कर्मचारीप्रतिको अवमूल्यन भएको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group