नयाँ दिल्ली, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपाल लागानीका लागि भर्जिन ल्याण्ड भएको बताएका छन् ।
आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीहरुबीच अन्तरक्रिया गर्दै नेपाल आर्थिक समृद्धिको मार्गमा अघि बढिसकेकालो भारतीयहरुले ढिलो गरे पछुताउनु पर्ने बताएका हुन् ।
ओलीले नेपालमा स्थिर र बलियो सरकार भएको बताउंदै अब नेपाल संक्रमणकालमा नभएको स्पष्ट गरेका छन् ।
निजी क्षेत्र र सरकारकाबीचको साझेदारीमा देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने एकमात्र उद्धेश्यमा आफ्नो सरकार अघि बढेको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
अन्तरक्रियामा भारतीय लगानीकर्ता तथा व्यवसायीहरुले आर्थिक क्रियाकलापमा कर, करको दायरा, अस्थिरता र अन्य विषयमा प्रधानमन्त्री अोलीसंग जिज्ञासा राखेका थिए ।
आफ्नो सरकारले निजी उद्योग धन्दा कलकारखानालाई राष्ट्रियकरण गर्ने कुनै सोच नरहेको बताउंदै देशभित्रको निजी क्षेत्र र विदेशी लगानीलाई कुनै विभेद नगरिने स्पष्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्