ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले यी १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने


एबीसी न्यूज
१२ मंसिर २०८२, शुक्रबार   ८ : ०४   बजे

काठमााडौं, १२ मंसिर । अमेरिकाले १९ वटा देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।
बुधबार राजधानी वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपति निर्देशअनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्ण रूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन्।
युएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ।

ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार ९बर्मा०, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सिएनएनले जनाएको छ।

वाशिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमानउल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान सार्वजनिक भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाएको हो।
गृह सुरक्षा मन्त्रालयले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा स्वीकृत भएका सबै शरणार्थी तथा आश्रयसम्बन्धी मुद्दाहरू पनि पुनरावलोकन गरिरहेको जनाएको छ।
मन्त्रालयकी सहायक सचिव ट्रिसिया म्याकलफलिनका अनुसार अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन आवेदन प्रक्रिया तत्कालका लागि अनिश्चितकालीन रूपमा रोकिएको छ। सुरक्षा जाँच र भेटिङ प्रक्रिया पुनः मुल्यांकन नभएसम्म कुनै पनि निवेदन अघि नबढाइने स्पष्ट गरिएको छ।

सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि ‘अपरेशन एलाइज वेलकम’ कार्यक्रमअन्तर्गत लाकानवाल अमेरिका प्रवेश गरेका थिए।

उनी पहिले अमेरिकी सरकारसँग, विशेषगरी केन्द्रीय गुप्तचर एजेन्सीसँग काम गरिसकेका व्यक्ति हुन्। उनले सन् २०२४ मा आश्रयका लागि निवेदन दिएका थिए र ट्रम्प प्रशासनले अप्रिल २०२५ मा उनको आश्रय स्वीकृत गरेको सिएनएनले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२१ को अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि अहिलेसम्म करिब एक लाख ९० हजारभन्दा बढी अफगान नागरिक अमेरिका पुनर्वास भइसकेका छन्।

फ्लोरिडास्थित आफ्नो मार-ए-लागो क्लबबाट दिएको भिडियो सम्बोधनमा ट्रम्पले आरोपीलाई अमेरिका भित्र्याउने जिम्मेवारी बाइडेन प्रशासनमाथि थोपर्दै उक्त हमला राष्ट्रिय सुरक्षामाथिको सबैभन्दा ठूलो खतरा भएको दाबी गरे।

ुबाइडेन कार्यकालमा अफगानिस्तानबाट आएका प्रत्येक विदेशीको पुनः मूल्यांकन गर्नुपर्छ,” उनले भने, ुदेशमा योगदान नदिने वा यहाँ बस्न नहुने कुनै पनि विदेशीलाई हटाउन आवश्यक सबै कदम चालिनेछ।ु

प्रशासनको पछिल्लो निर्णय ट्रम्पको कठोर आप्रवासन नीतिकै निरन्तरता भएको बताइएको छ। ग्रीन कार्ड अमेरिकी स्थायी आवासीय हैसियत दिने कानुनी कागजात हो, जुन शरणार्थी वा आश्रय कार्यक्रमभन्दा अलग हुन्छ। तर शरणार्थीले पनि एक वर्षपछि ग्रीन कार्डका लागि आवेदन दिन पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group