ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   ८ : ५६   बजे

काठमाडौं, ३० पुस । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी जोगाउन र विवाद मिलाउन भन्दै शीर्ष नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् । गएराति अबेरसम्म भएको छलफलमा भने निष्कर्ष निस्कन सकेन ।हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । आज बिहानको छलफलबाट एउटा टुङ्गोमा पुग्ने उनीहरुको विश्वास छ ।

संस्थापन पक्षका नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक कुरा आएका छन् । त्यस्तै विशेष महाधिवेशन पक्षले पनि पार्टी फुट्नबाट जोगाउन आफूहरुले सक्दो प्रयास गरिरहेको बताएका छन् ।छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाँण र रमेश लेखक, विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य अनि शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी हुनुहुन्छ । विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएपनि सभापति शेरबहादुर देउवाको राजनीतिक बहिर्गमन, आउँदो चुनावमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्नेलगायत विषय टुंगिन बाँकी नै छ ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा गएको पुस २७ गतेदेखि काठमाण्डौमा विशेष महाधिवेशन चलिरहेको छ । महामन्त्री थापाले उचित निकासका लागि संवादको प्रयास गरिएको बताउनुभयो । उहाँले बाहिर जे समझदारी भए पनि त्यसलाई विशेष महाधिवेशनबाट अनुमोदन गराउनुपर्ने बताउनुभएको छ । शीर्ष नेताहरु ठोस निश्कर्षमा पुग्न नसक्दा सोमबारसम्मका लागि तय भएको विशेष महाधिवेशन लम्बिएको छ । विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया शुरू गरिएको छ ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन बुझाउने समय आज बिहान सवा ९ बजेसम्म तोकिएको छ ।

यसैबीच संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । हिजोका लागि तय भएको बैठक दुई पटक सरेर स्थगित भएपछि आज बिहानका लागि आह्वान गरिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group