ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो


एबीसी न्यूज
१ माघ २०८२, बिहिबार   ८ : ३५   बजे

काठमाडौं १ माघ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया तत्काल रोक्ने निर्णय गरेको छ। फक्स न्युजले अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमो उद्धृत गर्दै जनाएअनुसार, सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने उद्देश्यले यो कदम चालिएको हो। स्थगन माघ ७ (जनवरी २१) देखि लागू भई पुनरवलोकन नसकिँदासम्म अनिश्चितकाल रहनेछ।

यस सूचीमा नेपाल, सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देश परेका छन्। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने भिसा हो, जुन विद्यार्थी, बिजनेस वा भिजिटजस्ता छोटो अवधिका भिसाभन्दा फरक हुन्छ।

यसअघि नै अमेरिकाले नेपाली नागरिकका लागि B1 (बिजनेस) र B2 (भिजिट) भिसामा धरौटी प्रणाली घोषणा गरिसकेको छ। माघ ७ देखि लागू हुने नियमअनुसार भिसा अन्तर्वार्ताका क्रममा ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने, तोकिएका ३ विमानस्थल (बोस्टन, JFK न्यूयोर्क र डुलिस) बाट मात्र प्रवेश/प्रस्थान गर्नुपर्ने व्यवस्था छ। समयमै फर्किएपछि धरौटी फिर्ता हुने भए पनि धरौटी तिरेकै भरमा भिसा पक्का हुने छैन।

नेपाली नागरिकका लागि बिजनेस (B1) र भिजिट (B2) भिसामा धरौटी प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ।

🔹 माघ ७ देखि लागू हुने नियम अनुसार

  • अमेरिका बसेर फर्कन सुनिश्चित गर्न
  • भिसा अन्तर्वार्ताका क्रममा
    • ५ हजार डलर (करिब रु. ७ लाख २२ हजार)
    • १० हजार डलर (करिब रु. १४ लाख ४४ हजार)
    • १५ हजार डलर (करिब रु. २१ लाख ६६ हजार)
      मध्ये कुनै एक रकम धरौटी राख्नुपर्ने

➡️ रकम आवेदकले आफैं तिर्नुपर्ने
➡️ अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (ICE) को फाराम प्रयोग अनिवार्य
➡️ तेस्रो पक्षमार्फत भुक्तानी गर्न नपाइने

💰 धरौटी कहिले फिर्ता हुन्छ?

✔️ तोकिएको समयमै अमेरिका छाडेपछि
✔️ भिसा पाएर पनि यात्रा नगरेमा
✔️ भिसाका लागि आवेदन दिएर एयरपोर्टमै फर्काइएमा

❌ तर—

  • भिसा पक्का हुने ग्यारेन्टी भने होइन
  • बिजनेस/भिजिट भिसामा गएर
    • अन्य भिसा आवेदन दिए
    • वा शरणार्थी बन्न खोजे
      ➡️ धरौटी जफत हुनेछ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu