ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२५ की नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई हस्तान्तरण गरिन् पदक


एबीसी न्यूज
२ माघ २०८२, शुक्रबार   १० : ०७   बजे

काठमाडौं, २ माघ । भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले आफ्नो पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पण गरेकी छिन्।

ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचादोले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले पुर्‍याएको अद्वितीय प्रतिबद्धताको सम्मानस्वरूप पदक उनलाई हस्तान्तरण गरेकी हुन् गत अक्टोबरमा भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि गरेको संघर्षका कारण मचादोलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।यद्यपि, नोबेल समितिले पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने नियम रहेको बताएको छ। ट्रम्पले यसलाई महान सम्मान भन्दै सामाजिक सञ्जालमार्फत मचादोको प्रशंसा गरेका छन्। यो कदमलाई भेनेजुएलामा जारी राजनीतिक संकट र अमेरिकी समर्थनको सांकेतिक कडीका रूपमा हेरिएको छ। यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिन लागिएको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएलगत्तै तेहरानले उक्त कदम रोकेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभयो । प्रेस ब्रिफिङका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानभित्रका महत्त्वपूर्ण स्रोतहरूले मृत्युदण्डका योजना स्थगित गरिएको सन्देश पठाएका थिए । इरानमा पछिल्लो समय आर्थिक संकट र सरकारी दमनका विरुद्ध देशव्यापी प्रदर्शन भइरहेका छन् । अमेरिकाले इरानको स्थिति नजिकबाट नियालिरहेको र मानव अधिकार उल्लंघन जारी रहे सैन्य विकल्पसहितका सबै बाटा खुला रहेको चेतावनी समेत दिएको छ। यद्यपि, इरानी पक्षले भने यसबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group