ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई


एबीसी न्यूज
२ माघ २०८२, शुक्रबार   १ : ३८   बजे

काठमाडौं, २ माघ । नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ प्रश्न समेत गरे ।उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेकोसमेत स्मरण गराए । उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिस्टम के हो रु यो आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लिएर जानका लागि को मोनटरिङ सिस्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन । र विशेष गरी पैसाको चललेख र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जानज पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भईसकेको छैन हाम्रो मान्यता रहेको छ । त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ ?’सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धी आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यावहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group