ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२ माघ २०८२, शुक्रबार   ३ : ०६   बजे

काठमाडौं, २ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी–विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले नभई यहाँका जनताहरूले विकास प्रेमी भनेर स्थापित गरेको बताए । प्रचण्डले भने, ‘रेणुको नाम अब विकासवादी रेणु, विकास प्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो, मैले–हामीले गरेका होइनौं । तपाईंहरूले स्थापित गरेको हो । यसलाई आदर्श मानेर अगाडि जान जरुरी छ ।

’संयोजक प्रचण्डले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीकै कारण २४ भदौमा राष्ट्र खरानी बनेको टिप्पणी गरे ।उनले भने, ‘सोसल मिडियामा स्टन्ट गरेकै भरमा चाहिँ मानिसहरूको दिमाग चाट्ने एउटा प्रक्रिया तपाईंहरूले देखिराख्नु भएकै छ । अब कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तो स्टन्टबाजी प्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ । हाम्रो राष्ट्र झन्डै झन्डै अस्ति २४ भदौमा खरानी जस्तो भयो ।

यहाँ धेरै कुरा आए, तपाईंलाई सबैलाई थाहा छ, म भन्न चाहन्छु, त्यस्तै स्टन्टबाजहरूको कारणले भएको हो । त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले भएको होइन ।’अहिले पनि सतर्क भएनौ भने, एकताबद्ध भएर सिद्धान्तहीन विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्ने उनले बताए ।तसर्थ त्यस तर्फ सबै जना सतर्क हुन उनले अपिल समेत गरे ।उनले भने, ‘अहिले पनि तपाईं हामी सबै सतर्क भएनौं भने तपाईं हामी सबैले एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्छ । म आफू पनि चितवनकै नागरिक हुनुको नाताले मैले कर्तव्य सम्झेको छु । तपाईंहरू सबैलाई अपिल गर्छु ।’समाजमा देखापरेको अराजकतालाई नियन्त्रण गर्न पनि सबै गम्भीर र जिम्मेवार हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group