ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का


एबीसी न्यूज
२ माघ २०८२, शुक्रबार   ३ : १२   बजे

काठमान्डौ, माघ २

 नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि लक्षित गरी सार्वजनिक रूपमा लगाइएका आरोपहरू असत्य र भ्रामक भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र गलत व्याख्या र अतिरञ्जना गरिएको दाबी गरे। उनका अनुसार नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको बैठकले नै निकालेको थियो।

खड्काले प्रतिनिधिसभा निर्वाचन प्रक्रिया अघि बढिसकेको र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको संवेदनशील अवस्थामा पार्टीभित्र अस्थिरता सिर्जना गरिएको बताए। विशेष महाधिवेशनको नाममा अघि सारिएको गतिविधिले पार्टी विखण्डनको जोखिम बढाउने भन्दै त्यसबेला नेतृत्वले त्यसलाई रोक्न पहल गरेको उनको भनाइ छ।

उनका अनुसार तत्कालीन महामन्त्रीहरूले उठाएका विषयहरू सम्बोधन गर्न सभापति देउवाले स्वयं छलफल आह्वान गरेका थिए र राष्ट्रिय सभा तथा समानुपातिकतर्फका उम्मेदवार चयनमा सहमतिअनुसार निर्णय गरिएको थियो। प्रत्यक्षतर्फको टिकट वितरणमा समेत पार्टी एकता जोगाउन लचकता देखाउन आग्रह गरिएको खड्काको दाबी छ।

पार्टीभित्र देखिएको वर्तमान अवस्थाका लागि सभापतिलाई दोषारोपण गरिएकोप्रति आपत्ति जनाउँदै खड्काले विशेष महाधिवेशन बोलाउने अधिकार विधानअनुसार तत्कालीन महामन्त्रीहरूलाई नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group