ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   ५ : ४८   बजे

काठमाडौं,४ माघ २०८२ — नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याउँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पूर्ण नियन्त्रण देखिएको छ। शनिबार च्यासलमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।

विष्णु पौडेलको क्षेत्र परिवर्तन : ठाकुर गैरेको टिकट खोसियो

रुपन्देही–२ बाट लगातार चुनाव लड्दै आएका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा–२ मा सारिएको छ। गत चुनावमा पाल्पा–२ बाट ठाकुर गैरेले जितेका थिए। अध्यक्ष ओलीले बैठकमा भने, “पहिलेको ठाउँमा उहाँलाई गाह्रो हुने भयो। त्यही भएर माथि लानुपर्ने भयो।”

यो निर्णयप्रति केही पदाधिकारीले असहमति जनाएका थिए। उनीहरूको तर्क थियो, “यस्तो निर्णयले ठाकुर गैरेलाई अन्याय मात्र हुँदैन, लुम्बिनीमा एमाले कमजोर रहेको सन्देश पनि जान्छ।”

तर पौडेल स्वयंले यो क्षेत्र रोजेपछि प्रस्तावअनुसार निर्णय भएको स्रोतले बताए।

अन्य प्रमुख क्षेत्र परिवर्तन

  • सचिव भानुभक्त ढकाल : मोरङ–३ बाट तेह्रथुममा सारिए
  • सचिव राजन भट्टराई : काठमाडौं–४ बाट चुनाव नलड्ने घोषणा

टिकट वितरणमा ओलीको एकलौटी : इतर समूहलाई ठूलो धक्का बैठकमा उपमहासचिव योगेश भट्टराईले टिकट वितरण प्रणालीमै असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट राखेका छन्। ताप्लेजुङको निर्णय खाली राखिएको छ, जसमा ओलीले भट्टराईलाई टिकट नदिने संकेत गरेको स्रोत बताउँछन्।

ईश्वर पोखरेल प्यानलका अधिकांश नेताहरू (गोकुल बास्कोटा, ठाकुर गैरे, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का, इन्द्रलाल सापकोटा) लाई टिकट दिइएको छैन। काठमाडौं–५ बाट ईश्वर पोखरेलको एकल सिफारिस भए पनि टिकट नदिइएको छ।

स्रोतका अनुसार, “फरक समूहबाट उपाध्यक्ष जितेका गोकर्ण बिष्टबाहेक लगभग कसैलाई पनि टिकट दिइएको छैन।” यो प्रवृत्तिले पार्टीभित्र असन्तुष्टि बढाउने सम्भावना छ।

एमालेले छानेका नयाँ अनुहारहरू एमालेले केही पुराना अनुहार दोहोर्‍याउँदा धेरै क्षेत्रमा नयाँ अनुहारलाई मौका दिएको छ। यीमध्ये केही प्रमुख :

  • कैलाली–१ : द्वारिकाप्रसाद न्यौपाने (नयाँ)
  • कैलाली–२ : सूर्यबहादुर थापा (नयाँ)
  • कैलाली–५ : यज्ञराज ढुंगाना (प्रदेश राजनीतिमा सक्रिय, नयाँ)
  • कञ्चनपुर–१ : कमला बोहोरा (विद्यार्थी राजनीतिबाट आएकी, नयाँ)
  • डोटी : दीपक धामी (अनेरास्ववियु अध्यक्ष, नयाँ)
  • नवलपरासी–१ : रामप्रसाद पाण्डे (नयाँ)
  • नवलपरासी–२ : भगवतीप्रसाद यादव (नयाँ)
  • बर्दिया–१ : सालिकराम अधिकारी (नयाँ)
  • गोरखा–१ : आर.सी. लामिछाने (अनेरास्ववियुबाट, नयाँ)
  • गोरखा–२ : मिलन गुरुङ (विवादास्पद पृष्ठभूमि, नयाँ)
  • काठमाडौं–१ : मोहन रेग्मी (नयाँ)
  • काठमाडौं–६ : अमनकुमार मास्के (प्रदेश सांसद, संघमा नयाँ)
  • काठमाडौं–८ : राजेश शाक्य (नयाँ)
  • काठमाडौं–१० : विनोद श्रेष्ठ (मजदुर आन्दोलनबाट, नयाँ)
  • ललितपुर–१ : चेतनाथ सञ्जेल (नयाँ)
  • ओखलढुंगा : अस्मिता थापा (गाउँपालिका उपाध्यक्ष, नयाँ)

यी नयाँ अनुहारहरूलाई टिकट दिएर एमालेले युवा र स्थानीय स्तरका नेतृत्वलाई मौका दिएको दाबी गरेको छ। तर इतर समूहका पुराना विजेताहरूलाई पन्छ्याउँदा आन्तरिक असन्तुष्टि बढ्ने देखिन्छ।

एमालेको टिकट वितरणमा ओलीको एकलौटी र इतर समूहलाई पन्छ्याउने प्रवृत्ति स्पष्ट छ। विष्णु पौडेललाई पाल्पा ल्याएर सुरक्षित गर्न खोजिए पनि ठाकुर गैरे जस्ता विजेतालाई अन्याय भएको आरोप लागेको छ। अब बाँकी केही क्षेत्रमा ओलीको व्यक्तिगत निर्णयले पार्टीको अन्तिम चित्र बनाउनेछ। मनोनयन दर्ता (माघ ६) नजिकिँदै गर्दा यो निर्णयले एमालेको एकता र चुनावी प्रदर्शनमा प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu