ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   १२ : १०   बजे

काठमाडौं, ४ माघ — राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ ले पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

राजीनामापछि श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा जुटेका छन्। उनी सर्लाही ३ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी २१ फागुन मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ। सोही निर्वाचनलाई लक्षित गर्दै उनले उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि राष्ट्रिय सभा सदस्यबाट अलग हुने निर्णय गरेका हुन्।

६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुन मा सकिँदै थियो। कार्यकाल सकिनु एक महिना अघि नै उनले राजीनामा दिएर प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएका छन्।

श्रेष्ठ यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखा बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

राजीनामासँगै श्रेष्ठ कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने विषय भने सार्वजनिक गरिएको छैन। तर पार्टी स्रोतका अनुसार उनी सुरक्षित र राजनीतिक रूपमा प्रभावशाली क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरूले पद त्याग गरेर प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन थालेसँगै राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group