ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   १२ : २३   बजे

काठमाडौं ४ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोसी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउँदै पुराना नेतादेखि स्थानीय तहका सफल जनप्रतिनिधि तथा युवा अनुहारहरूलाई अवसर दिएको छ। पार्टी सचिवालय बैठकले झापादेखि ओखलढुङ्गासम्मका क्षेत्रमा टिकट वितरण गर्दा स्थानीय स्तरका मेयर र उपाध्यक्षहरूलाई सांसद उम्मेदवार बनाएर ‘ग्रासरुट’ बाट केन्द्रसम्म पु¥याउने रणनीति अपनाएको देखिन्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली आफैं आफ्नो परम्परागत तथा सुरक्षित क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन्। झापाका अन्य क्षेत्रहरूमा पनि मजबुत अनुहारहरूलाई अघि सारिएको छ:

  • झापा १: रामचन्द्र उप्रेती
  • झापा २: देवराज घिमिरे
  • झापा ४: मनोज ताम्ली

क्षेत्र नम्बर ३ को उम्मेदवार भने अध्यक्ष ओलीले नै अन्तिम टुङ्गो लगाउने गरी बाँकी राखिएको छ।

प्रदेशको सबैभन्दा ठूलो जिल्ला मोरङ मा ४ मध्ये अधिकांश क्षेत्रको टिकट टुङ्गिएको छ। विशेष गरी क्षेत्र नम्बर २ मा पार्टी इन्चार्ज तथा सांसद ऋषिकेश पोखरेल लाई हटाएर रङ्गेली नगरपालिकाका दुई पटक निर्वाचित मेयर दिलीप कुमार अग्रवाल लाई टिकट दिइएको छ। अग्रवाल हालै केन्द्रीय सदस्य पनि बनेका छन्।

अन्य मोरङ क्षेत्रहरू:

  • मोरङ १: घनश्याम खतिवडा
  • मोरङ ३: दिलीप राई
  • मोरङ ४: जीवन घिमिरे

पहाडी जिल्लाहरूमा स्थानीय तहका जनप्रतिनिधिलाई प्राथमिकता दिइएको छ। ओखलढुंगा बाट लिखु गाउँपालिकाकी वर्तमान उपाध्यक्ष अस्मिता थापा लाई उम्मेदवार बनाइएको छ। २०७९ मा सबैभन्दा कम उमेरकी जनप्रतिनिधि बनेकी थापा हालै केन्द्रीय सदस्य निर्वाचित भएकी युवा नेता हुन्। जिल्ला सहसचिवबाट एकै पटक केन्द्रीय सदस्य बनेकी उनलाई युवा पुस्तालाई अवसर दिने सन्देशसहित टिकट दिइएको नेताहरूले बताएका छन्।

सोलुखुम्बु बाट कल्पना राई, सङ्खुवासभा बाट डा. अर्जुन कार्की, धनकुटा बाट राजेन्द्र राई, भोजपुर बाट शेरधन राई, तेह्रथुम बाट भानुभक्त ढकाल लगायतलाई उम्मेदवार बनाइएको छ।

सुनसरी मा क्षेत्र १ बाट सूर्य पन्दाक र क्षेत्र ३ बाट भगवती चौधरीलाई टिकट दिइएको छ भने क्षेत्र २ र ४ बाँकी छन्। इलाम मा काजीमान कागते र सुहाङ नेम्वाङ, पाँचथर मा ऐन्द्रसुन्दर नेम्वाङ, उदयपुर मा दुर्गा थापा स्वोती र अमरबहादुर रायमाझी, खोटाङ मा देवविक्रम राईलाई अघि सारिएको छ। ताप्लेजुङ को उम्मेदवारको निर्णय भने अध्यक्षलाई नै दिइएको छ।

केही रणनीतिक क्षेत्रहरूमा अध्यक्ष ओलीले उपयुक्त समयमा घोषणा गर्ने गरी थाती राखिएको छ। यो टिकट वितरणले एमालेले पुराना नेतृत्वसँगै स्थानीय तहका लोकप्रिय तथा युवा जनप्रतिनिधिहरूलाई केन्द्रमा उकासेर पार्टीको आधार मजबुत बनाउने प्रयास गरेको देखिन्छ। निर्वाचन नजिकिँदै गर्दा यस रणनीतिले कोसी प्रदेशमा कस्तो प्रभाव पार्ला भन्ने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu