ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी


एबीसी न्यूज
५ माघ २०८२, सोमबार   ४ : ३७   बजे

काठमाडौं/जनकपुर ५ माघ । जनकपुरको सभास्थल सोमबार केवल एक राजनीतिक कार्यक्रमको मञ्च मात्र रहेन । त्यो मञ्च भाषण, चेतावनी, भावुकता र आगामी सत्ता–राजनीतिको संकेतले भरिएको रणभूमिजस्तै बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणासभाले मधेशलाई केन्द्रमा राखेर ‘अबको नेतृत्व’ को बहसलाई एकैचोटि सतहमा ल्याइदियो ।

सभामा सबैभन्दा बढी ध्यान तान्ने अभिव्यक्ति डा. अमरेशकुमार सिंह को रह्यो । हालै रास्वपामा प्रवेश गरेका सिंहले बालेन शाह प्रधानमन्त्री नबने आत्मदाह गर्ने चेतावनी दिए ।

‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमै समाहित हुनेछु,’
‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु,’
उनले मञ्चबाट दोहोर्‍याउँदै भने ।

गम्छा देखाउँदै भोट मागेका सिंहको भाषण राजनीतिकभन्दा बढी प्रतीकात्मक र भावनात्मक देखिन्थ्यो । ‘मसँग केही छैन, गम्छामा भिख माग्छु—मधेशलाई प्रधानमन्त्री देऊ,’ भन्ने उनको शैलीले समर्थकहरूलाई उत्त्रित बनायो भने आलोचकहरूलाई झस्कायो ।

‘देशको भाग्य परिवर्तन मधेशबाटै’

सभामा रास्वपा नेतृ सोबिता गौतम ले मधेशलाई केवल भूगोल नभई इतिहास र परिवर्तनको स्रोतका रूपमा चित्रित गरिन् ।

‘इतिहास बोकेको ठाउँ हो मधेश । आज यो देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्छ,’
उनले भनिन् ।

आगामी निर्वाचनबाट मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्री को रूपमा हेर्न चाहेको स्पष्ट सन्देश दिँदै गौतमले रास्वपाको अभियानलाई ‘परिवर्तनको उद्घोष’ का रूपमा परिभाषित गरिन् ।

बलिदान दिवसको सन्दर्भ जोड्दै उनले पार्टी सभापति रवि लामिछाने ले दशकअघि क्यामेरा बोकेर मधेशका फाँटमा हिँडेको स्मरण गरिन् । बालेन शाहको प्रवेशसँगै पार्टी ‘पूर्ण’ भएको अनुभूति आफूले गरेको उनको दाबी थियो ।

‘विकासको विगुल मधेशबाट’

नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपामा आएका रहबर अन्सारी ले मधेशमा वर्षौंदेखि गाडिएका सपना अब विस्फोट हुने दाबी गरे ।

‘धेरै भाषण भए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडियो,’
‘अब ती सपना ज्वालामुखीझैं फुट्नेछन्,’
उनले भने ।

रवि लामिछानेको त्याग र बालेन शाहको क्षमताको उद्घोष मधेशले गरिरहेको अन्सारीको भनाइ थियो । उनका अनुसार मधेशले दुख चेतन, संघर्ष र परिवर्तनको शक्ति बुझेको छ ।

प्रदेशसभा ‘पार्किङ’ थलो बनेको आरोप

सभामा उपसभापति स्वर्णिम वाग्ले ले संरचनागत बहसलाई नयाँ मोड दिए । उनले संघीय संसदमा पुग्न नसक्ने नेताहरूलाई ‘पार्किङ’ गर्ने थलो प्रदेशसभा बनेको आरोप लगाए ।

‘हामी संघीयताप्रति प्रतिबद्ध छौं । तर प्रदेशसभा कृतिम र अपरिपक्व अभ्यास बनाइयो,’
उनले भने ।

सयौं मन्त्री उत्पादन गरेर पनि नतिजा दिन नसकेको भन्दै वाग्लेले प्रदेश संरचनामा प्रणालीगत सुधार अपरिहार्य भएको बताए ।

जनकपुरको संकेत

जनकपुरको यो सभा केवल रास्वपाको शक्ति प्रदर्शन मात्र थिएन ।
यो सभा—

  • मधेशलाई नेतृत्वको केन्द्रमा राख्ने दाबी
  • बालेन शाहलाई प्रधानमन्त्रीको प्रतीक बनाउने प्रयास
  • पुराना संरचनामाथि खुला प्रश्न
  • र भावनात्मक राजनीतिको उत्कर्ष

सबैको मिश्रण थियो ।

अब प्रश्न बाँकी छ—
जनकपुरको मञ्चबाट उठेको यो उद्घोष राजनीतिक यथार्थमा बदलिन्छ कि भावनाको ज्वारमै सीमित रहन्छ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group