ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने


एबीसी न्यूज
७ माघ २०८२, बुधबार   ९ : ४८   बजे

काठमाडौं, ७ पुस । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) २०२६ मा भाग लिन आज (बुधबार) स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित विश्वलाई सम्बोधन गर्नेछन्।
डाभोसमा ट्रम्पको उपस्थिति र भाषणलाई विश्वले नजिकबाट नियाल्नेछ। डब्ल्यूईएफमा सम्बोधनपछि ट्रम्पले एक विशेष उच्च(स्तरीय कार्यक्रम आयोजना गर्नेछन्। डोनाल्ड ट्रम्प लगभग ६ वर्षपछि डाभोस पुग्दै छन्। उनी यसअघि आफ्नो पहिलो कार्यकालमा २०२० जनवरी २१ मा डाभोस पुगेका थिए।
त्यसपछि अहिले हुने यो भ्रमणलाई अझ महत्त्वपूर्ण मानिएको छ। किनकि अमेरिकाको विदेश र व्यापार नीतिमा आक्रामक परिवर्तन गरिएको छ।
ट्रम्पका सल्लाहकारहरूले अमेरिकाले डाभोसमा पुरानो विश्वव्यापी प्रणाली र नियमरूभन्दा बाहिर गएको स्पष्ट पार्ने बताएका छन्।
ट्रम्पले बारम्बार ग्रिनल्यान्ड कब्जाको धम्की दिइरहेका छन्।उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि ग्रिनल्यान्ड आफ्नो देशमा गाभ्नैपर्ने जिकिर गरिरहेका छन्।उनको दाबीअनुसार आर्कटिक क्षेत्रमा बढ्दो गतिविधि, खनिज स्रोत र सैन्य महत्त्वका कारण ग्रिनल्यान्डमा अमेरिकाको नियन्त्रण आवश्यक छ।मंगलबार मात्र ट्रम्पले सामाजिक सञ्जालमा ग्रिनल्यान्ड, क्यानडा र भेनेजुएलालाई अमेरिकाकै भागका रूपमा देखाइएको सम्पादित राखेका छन्।
ग्रिनल्यान्ड कब्जा गर्ने योजनाको विरोधमा उत्रिएका डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित ८ युरोपेली मुलुकविरुद्ध ट्रम्पले १० प्रतिशत भन्सार कर लगाएका छन्।अमेरिकी प्रशासनले विरोध जारी रहेमा यो कर २५ प्रतिशतसम्म बढाउन सकिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group