ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड


एबीसी न्यूज
७ माघ २०८२, बुधबार   २ : ००   बजे

काठमाडौं, ७ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् ।रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग बनाउने बताए ।रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउन पहल गर्ने उनले बताए । रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजाने आश्वासन उनले दिए ।आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै उनले विरोधीहरूलाई कामबाटै जवाफ दिने जिकिर गरे ।देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनस् जनयुद्धको आधारभूमि रुकुम फर्किएको उनले दोहोर्‍याए ।

आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गरे ।देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको बताउँदै प्रचण्डले आफू रुकुम आउनुको कारण सुनाए, ‘म रुकुम आउनुको अर्थ यहाँको सुन्दर सहर निर्माण र ग्रामीण सडकको स्तरोन्नति मात्र होइन, यो समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने कदम हो ।’जेनजी भदौ २४ को आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरेर चुनावमा जाने निर्णय लिइएको उनले बताए ।

‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो,’ प्रचण्डले भने ।माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गरेको स्मरण गर्दै उनले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu