ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अण्डाको मूल्य बढ्यो, अब कति पर्छ ?


एबीसी न्यूज
११ माघ २०८२, आइतबार   ८ : ५६   बजे

काठमाडौं, ११ माघ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। सङ्घका अनुसार ठूलो अण्डा एक क्रेट ९३० वटा० को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल बन्नु तथा निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्य बढेको हो। साथै, अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादन कम हुनु तथा बन्द रहेका विद्यालयहरू खुल्नुलगायत कारणले पनि मूल्यमा क्रमिक सुधार देखिएको उनले बताए।अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने हुँदा प्रतिक्रेट लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेपछि पुनः मूल्य घट्दा किसान निरास बनेका थिए। अब भने मूल्य बढ्ने आशामा किसान रहेका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group