ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने


एबीसी न्यूज
१५ माघ २०८२, बिहिबार   ९ : ०७   बजे

काठमाडौं, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशस् बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् ।

ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो भएको ट्रम्पको भनाइ छ ।

यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् ।

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतस् शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाउँदै आएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी

ट्रम्पको पछिल्लो चेतावनी इरानमा हालै भएको प्रदर्शन दमनसँग पनि जोडिएको छ । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरू केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने स्तरसम्म पुगेका थिए । यस क्रममा सुरक्षा बलको कडा कारबाही भएको बताइन्छ ।

अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बर अन्त्यदेखि सुरु भएको अशान्तिमा ६ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये करिब ५ हजार ९ सय प्रदर्शनकारी रहेको दाबी छ । इन्टरनेट बन्द गरिएका कारण प्राप्त १७ हजार थप मृत्युको विवरण अझै पुष्टि हुँदै गरेको पनि सो संस्थाले जनाएको छ ।

नर्वेमा आधारित इरान ह्युमन राइट्सले भने मृतकको संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ ।

भयावह आक्रमण गर्ने अमेरिकाको चेतावनी

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा बोल्दै इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार अर्थतन्त्र धराशायी भएकाले सरकारसँग प्रदर्शनकारीको मुख्य गुनासो सम्बोधन गर्ने क्षमता छैन ।

तर ट्रम्पको पछिल्लो अभिव्यक्ति मुख्यतस् परमाणु कार्यक्रममै केन्द्रित देखिएको बीबीसीले जनाएको छ । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘इरान चाँडै वार्तामा आएर निष्पक्ष सम्झौता गरोस्, परमाणु हतियार होइन’ लेखेका छन् ।

उनले खाडीमा तैनाथ अमेरिकी सैन्य शक्ति आवश्यक परे तीव्र र हिंसात्मक ढंगले मिशन पूरा गर्न तयार रहेको बताएका छन् । साथै, गत जुनमा इरानी परमाणु केन्द्रमाथि गरिएका अमेरिकी आक्रमणको स्मरण गराउँदै अर्को आक्रमण अझै भयावह हुने चेतावनी समेत दिएका छन् ।

इरानले भन्यो– निष्पक्ष परमाणु सम्झौताका लागि तयार

ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले भने इरान सधैं ‘बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौता’ का लागि तयार रहेको बताएका छन् । उनले शान्तिपूर्ण परमाणु प्रविधिमा इरानको अधिकार सुनिश्चित हुने र परमाणु हतियार नहुने सम्झौता स्वीकार्य हुने स्पष्ट पारे ।

इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीले भने अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभएको, तर सन्देशहरूको आदानप्रदान भने भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group