ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय


एबीसी न्यूज
१५ माघ २०८२, बिहिबार   १० : २६   बजे

काठमाडौं १५ माघ, दक्षिण कोरियाका महाभियोग लागेका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम कन–हीलाई घुस लिएको अभियोगमा २० महिनाको जेल सजाय सुनाइएको छ । बुधवार प्रत्यक्ष प्रशारण गरिएको अदालती कारबाहीका क्रममा उनलाई सो सजाय सुनाइएको हो । सोल केन्द्रिय जिल्ला अदालतले किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको ठहर गर्दै १२.८१ मिलियन वन (करिव ९,०१० अमेरिकी डलर) जफत गर्ने आदेशसहित कारागार चलान गर्ने फैसला गरेको छ । यद्यपि अदालतले उनलाई पुँजी बजार ऐन र राजनीतिक कोष ऐन उल्लंघन गरेको आरोपमा भने निर्दोष ठहर गरेको छ । सन् २०२२ मा युनिफिकेसन चर्चका अधिकारीहरूलाई विशेष सुविधा मिलाइदिने प्रलोभन देखाई उनीहरूबाट बहुमूल्य वस्तुहरू लिएको आरोप किममाथि पुष्टि भएको हो । शेयर बजारमा चलखेल (स्टक रिगिङ) मा किमको संलग्नता रहेको विशेष काउन्सिलको दाबीलाई भने अदालतले अस्वीकार गरेको छ । किमलाई सेयर मूल्यमा भएको हेरफेरबारे जानकारी भएपनि उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्न कठिन रहेको अदालतको टिप्पणी छ । सन् २०१० अक्टोबरदेखि २०१२ डिसेम्बरसम्म भएको सेयर मूल्य हेरफेरमा संलग्न रहेको आरोपमा किमलाई गत वर्षको अगस्टमा हिरासतमा रहेकै बेला अभियोग लगाइएको थियो । उनीमाथि राष्ट्रपति निर्वाचनअघि सन् २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म एक राजनीतिक दलालमार्फत ५८ पटक गरी करिब २७० मिलियन वन बराबरको अवैध जनमत सर्वेक्षणको नतिजा निःशुल्क प्राप्त गर्न आफ्ना पति युनसँग मिलेमतो गरेको आरोप पनि थियो ।
यद्यपि, अदालतले राष्ट्रपति दम्पतीले नै जनमत सर्वेक्षणको आदेश दिएको प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको फैसला सुनाएको छ । यस फैसलाका अतिरिक्त, किममाथि पार्टीको राष्ट्रिय महाधिवेशनमा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई ’पिपल पावर पार्टी’ मा सामूहिक रूपमा आवद्ध गराउन दबाब दिएको अर्को अभियोग पनि छ। साथै, उनले व्यावसायिक लाभ दिलाउने र सार्वजनिक पदहरू बिक्री गर्ने बदलामा घुस लिएको आरोपको पनि सामना गरिरहेकी छिन् ।
गत अगस्टदेखि हिरासतमा रहेकी किम, दक्षिण कोरियाको इतिहासमा हिरासतमा रहेर मुद्दा चलाइने पहिलो पूर्व राष्ट्रपति पत्नी बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group