ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती


एबीसी न्यूज
१५ माघ २०८२, बिहिबार   २ : ००   बजे

हेटौंडा, १५ माघ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि २३ उम्मेदवार मैदानमा उत्रिएका छन्। जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र छन्। यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मुख्य प्रतिस्पर्धी छन्।

यहाँको रोचक पक्ष यो हो कि पटक–पटक चुनाव लडिसकेका पुराना अनुहारहरूलाई यसपालि नयाँ पुस्ताका उम्मेदवारहरूले कडा चुनौती दिइरहेका छन्। डिना र सिंह दुवैले यो पाँचौँ पटक प्रतिनिधिसभा चुनाव लड्दैछन्। डिनाले यसअघिका सबै चुनाव हारेकी छन् भने सिंहले २०७९ मा मात्र जितेका थिए।

राना, गौतम र प्रकाश गौतम भने प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष अनुमोदनका लागि पहिलो पटक चुनावी मैदानमा छन्। राना पाका उमेर समूहका छन् भने गौतमद्वय युवा पुस्ताका। यसरी पुरानो अनुभव र नयाँ ऊर्जाको रोचक टक्कर हुने देखिएको छ।

मतदाता र भूगोलको चुनौती

क्षेत्रमा १ लाख ५८ हजार ४३५ मतदाता छन् (७८ हजार ८१० महिला, ७९ हजार ६२१ पुरुष)। २०७४ मा यो संख्या १ लाख २४ हजार ७९९ थियो।

क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन्। हेटौंडा उपमहानगरका मतदाता शिक्षित र शहरी छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च छ। ग्रामीण भेगमा भने संगठित भोट बढी प्रभावशाली हुन्छ।

२०७९ मा सिंहले हेटौंडा उपमहानगरको मतले जितेका थिए। डिनाले बागमती, बकैया र मकवानपुरगढीको भोट धेरै ल्याएकी थिइन्, तर सिंहले २ हजार ३८२ मतान्तरले जितेका थिए (सिंह २७ हजार ८१६, डिना २५ हजार ४३४)।

दलहरूको आकलन

  • एमाले : उपाध्यक्ष हिदम लामा भन्छन्, “रानाको अनुभव, पार्टीको मजबुत संगठन र उच्च राजनीतिक छविका कारण जित सुनिश्चित छ।”
  • कांग्रेस : सचिव भीमसेन महत भन्छन्, “अघिल्लो निर्वाचनभन्दा यसपालि हाम्रो मत बढ्छ। ग्रामीण क्षेत्रमा कमजोर देखिए पनि हेटौंडामा सुधार हुन्छ। पार्टी एकढिक्का छ।”
  • नेकपा : नेता प्रल्हाद लामिछाने भन्छन्, “युवा उम्मेदवार विजय गौतमले बागमती र बकैयामा बलियो आधार छ। हेटौंडा कमजोर भए पनि अध्ययनशील र सुशासनको अनुभवले जित सम्भव छ।”
  • राप्रपा : सहकोषाध्यक्ष सन्दीप सापकोटा भन्छन्, “सिंहले नियमित जनसम्पर्क गरेका छन्। विकासका योजना र मतदातासँगको सम्बन्धले दोस्रो पटक पनि जित्छन्।”

यो क्षेत्रमा पुराना उम्मेदवारहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। मतदाताले कसलाई रोज्छन् भन्ने फागुन २१ मा मात्र थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu