ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम


शुभशंकर कँडेल
१६ माघ २०८२, शुक्रबार   ८ : ३८   बजे

मौनता र ग्राम्सीः प्रभुत्वको वैकल्पिक निर्माण र पोष्ट-पपुलिज्म राजनीति

शुभशंकर कँडेल : सुदूर पूर्वी झापादेखि सुदूरपश्चिमको समथर देखि हिमाली जिल्लाहरुसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सञ्चालन गरेको तथाकथित ‘मौन चुनावी अभियान’ नेपाली राजनीतिमा केवल शैलीगत प्रयोग मात्र नभएर सत्ता, वैधता र प्रतिनिधित्वबारे गहिरो सैद्धान्तिक बहस निम्त्याउने राजनीतिक शैली बन्दैछ । यो अभियानलाई केवल आचारसंहिता पालन वा भाषण नगर्ने रणनीतिका रूपमा बुझ्नु अपर्याप्त हुन्छ। यसले समकालीन राजनीतिक सञ्चार, प्रतीकात्मक शक्ति, र प्रभुत्व (हेजेमोनी) निर्माणका नयाँ रूपहरू उजिल्याएको छ ।

बझाङ्ग बाटि बाजुरा जान लाग्या छु ! बडिमालिका माताले सबै की आशिष् दिउन ।


मौनता र ग्राम्सीः प्रभुत्वको वैकल्पिक निर्माण
इटालियन माक्र्सवादी चिन्तक आन्तोनियो ग्राम्सीका अनुसार सत्ता केवल बल प्रयोगबाट होइन, सहमति (कन्सेन्ट) निर्माणमार्फत स्थापित हुन्छ। परम्परागत चुनावी भाषण, नारा र घोषणापत्रहरू ‘प्रभुत्वको औपचारिक भाषा’ हुन्, जसले जनतालाई सक्रिय श्रोता र दर्शक बनाउँछन् तर प्रायः सहभागी गराउन सक्दैनन् । बालेन्द्रको मौन अभियानले यही भाषिक प्रभुत्वलाई अस्वीकार गर्दै ‘प्रतिनिधित्वको संकट’मा परेका मतदातासँग नयाँ किसिमको सहमति निर्माण गर्ने कोशिश गरेको भन्न सकिन्छ, यद्यपि उनले ग्राम्सी नाम नै सुनेका पनि नहोउन् ।
उनको मौन उपस्थिति—घण्टी बजाउनु, कार्यालय भ्रमण गर्नु, स्थानीय खाना खानु, सञ्जालमा तस्बिर सेयर गर्नु—सबै प्रतीकात्मक क्रियाकलापपूर्ण उपक्रम मार्फत उनले ‘हामी पनि तपाईंहरूजस्तै छौँ’ भन्ने सन्देश दिने नयाँ प्रयोग गर्दैछन् ।

विस्तारै बजाए पनि हुने, रालो नै चुँड्याउनुपर्छ त ? #Balenshah

यद्यपि उनको वाककला र नेपाली समाजप्रतिको समझको अभावका कारण उनका चुनावी रणनीतिकारहरुले यो शैली अपनाएका हुनसक्छन् । ग्राम्सीको भाषामा, यो काउन्टर हेजेमोनिक प्राक्टिस हो, जहाँ परम्परागत राजनीतिक अभिव्यक्तिको साटो सांस्कृतिक संकेतमार्फत प्रभुत्व निर्माणको उद्यम गरिन्छ ।


प्रतीकात्मक पूँजी
फ्रान्सेली समाजशास्त्री पिएर बुरदियोले राजनीति बुझ्न ‘प्रतीकात्मक पूँजी’को अवधारणा महत्त्वपूर्ण ठान्छन्। बालेनसँग मौन रहँदा पनि प्रभाव पार्ने क्षमता हुनुको कारण उनको भाषण होइन, उनको ‘पहिले नै संचित प्रतीकात्मक पूँजी’ जुन उनी काठमाडौँ महानगरको मेयरका रूपमा आर्जित गरेको छवि, ‘भ्रष्टाचारविरोधी’ पहिचान, र स्थापित राजनीतिक वर्गसँगको पौंठेजोरी खेल्ने असामाजिक सञ्जालमार्फत कायम गरेको शैली हो ।
पूर्व वा सुदूरपश्चिमको देशाटनमा उनले बोलेनन्, तर बोलेझैँ देखिने वातावरण निर्माण गर्न भने सफल भए । समर्थकहरू, सामाजिक सञ्जाल, फोटो र स्टाटसहरूले उनको अपीलको काम गरे। बुरदियोका अनुसार, यस्तो अवस्थामा व्यक्ति स्वयं ‘राजनीतिक पाठ’ बन्छ—जहाँ उपस्थिति नै सन्देश हो । यसले कति काम गर्छ, हेर्न बाँकी छ । त्यो समयले नै बताउने जिम्मामा छोड्नु उपयुक्त हुनेछ ।

पोष्ट भर्वल क्यामपेन
आधुनिक राजनीतिक सञ्चार सिद्धान्तमा यसलाई ‘पोष्ट भर्वल’ वा ‘लो स्पिच क्याम्पेन’ भनिन्छ। पश्चिमी सन्दर्भमा बराक ओबामाको सिम्वोलिक ¥यालीहरु, डोनाल्ड ट्रम्पको ‘पर्फमेटिभ साइलेन्स‘ केही अवसरमा, र भारतमा नरेन्द्र मोदीको ‘रिट्युलाइज्ड अपिअरेन्स‘ जस्ता घटनाहरुको केही निकट मानेर हेर्न सकिन्छ । यद्यपि उनीहरुसँग सुस्पष्ट राजनीतिक विचारधारा र सत्ता सम्हालेपछि लिने बाटो र कार्यक्रम प्रष्ट थियो । यद्यपि ती योजना र एजेण्डाका बारेमा गम्भीर बहस र विवाद पनि थिए र छन् । बालेन्द्र टिमको कुनै कार्यक्रम, निश्चित एजेण्डा वा अवधारणा अहिलेसम्म सार्वजनिक छैन । झनै संशयपूर्ण र भुराजनीतिक दाउपेचको ‘टुल‘ बन्ने खतरा छ ।
बालेनको मौनता भाषणको अभाव होइन; यो सञ्चारको रूपान्तरण पनि मानिन सक्छ, जहाँ प्रत्यक्ष भाषणभन्दा दृश्य, अनुभूति र डिजिटल पुनरुत्पादन (डिजिटल एम्प्लिफिकेशन) प्रभावकारी हुन्छ । सुदूरपश्चिम यात्राका क्रममा डोट्याली भाषामा लेखिएका स्टाटस, स्थानीय परिवेशका तस्बिर, र ‘नेता आएर पनि बोलेनन्’ भन्ने चर्चा स्वयं सञ्चार बनेको छ ।
मौनता र पोष्ट–पपुलिज्म राजनीति
सैद्धान्तिक रूपमा हेर्दा, यो अभियानलाई पोष्ट पपुलिस्ट पोलिटिक्सको प्रारम्भिक संकेतका रूपमा पनि बुझ्न सकिन्छ। पपुलिज्म प्रायः ‘ठूलो आवाज’, ‘तीखो र चर्को भाषा’ तथा ‘शत्रु निर्माण’मा आधारित हुन्छ । तर बालेनको मौनताले शत्रु तोक्दैन, नारा लगाउँदैन—बरु असन्तुष्ट जनभावनालाई आफ्नै मौनतामा प्रतिबिम्बित गर्दै गोलबन्द गर्ने उद्धेश्य राख्छ । फेरि पनि समस्या के हो भने उनको समूहसँग वा चुनाव चिन्हमा झुम्मिनेहरुलाई नै म के लागि त्यहाँ पुगें भन्ने थाह नै हुँदैन । यसलाई सञ्जालका ट्रोल, खुराक र घृणास्पद स्टाटसले थप प्रज्वलित गराइरहेकै छन् ।
यो मौनताल मतदातालाई खाली ठाउँ छोड्दिन्छ, उनीहरूले आफ्नै अपेक्षा, आक्रोश र आशा नेतामाथि प्रक्षेपण गर्न सक्छन्। राजनीतिक मनोविज्ञानमा यसलाई प्रोजेक्टिभ आइडेन्टिफिकेशन भनिन्छ।


सीमाहरू
यद्यपि, मौन अभियान सधैं सफल हुन्छ भन्ने छैन। ग्राम्सीले चेतावनी दिएझैँ, सहमति दीर्घकालीन रूपमा संस्थागत हुन नसके प्रभुत्व टिक्दैन । मौनता दीर्घकालीन नीतिगत स्पष्टतामा रूपान्तरित भएन भने यो ‘छविको राजनीति’मै सीमित हुनेमात्र होइन, कन्तविजोग पनि हुन सक्छ। समाजशास्त्री बुरदियोको व्याख्यामा प्रतीकात्मक पूँजी पनि क्षय हुन्छ—यदि त्यसलाई संस्थागत उपलब्धि र नीतिगत परिणामले थाम्न नसकेमा ।
बालेनले उम्मेद्वारी दर्ताका दिनदेखि अहिलेसम्म पूर्वदेखि सुदूरपश्चिममा प्रदर्शित मौन चुनावी अभियान नेपाली राजनीतिमा नयाँ प्रयोग हो—जहाँ शब्दभन्दा संकेत, भाषणभन्दा उपस्थिति, र घोषणाभन्दा अनुभूति शक्तिशाली बन्दै गएको देखिन्छ । यो अभियान केवल चुनाव जित्ने रणनीतिका अतिरिक्त प्रतिनिधित्व, सञ्चार र प्रभुत्वबारे पुनः सोच्न बाध्य पार्ने राजनीतिक प्रयोग जस्तो देखिंदैछ । अहिले बालेनले जे गरिरहेका छन्, त्यो उनको र उनका घरेलु रणनीतिकारको योजनाभन्दा अलिक बढी हो भन्ने अन्य प्रतिस्पर्धी राजनीतिक दल, नेता र स्वयं घण्टीपार्टीका संस्थापनहरुले बुझ्न आवश्यक छ । यसखाले शैलीको यो पहिलो नेपाली प्रयोग हो, यसको सफलताको अन्तिम उत्तर निर्वाचन परिणामले दिनेछ । तर सैद्धान्तिक रूपमा भने, यो मौनता नेपाली राजनीतिमा आवाजभन्दा गहिरो प्रभाव पार्ने क्षणका रूपमा दर्ज भइसकेको छ ।

#BalenShah #Populism #PostPopulism #ElectionUpdate

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group